दीपक–दीपाको हल १८ भदौमा उद्घाटन, पहिलो फिल्म ‘छक्का पन्जा ४’ लाग्ने

Advertisement

काठमाडौँ । ९ करोडको लागतमा दीपकराज गिरी र दीपाश्री निरौलाले नयाँ बानेश्वरस्थित शंखमुल रोडमा निर्माण गरिरहेको फिल्म हल १८ भदौदेखि संचालनमा आउने भएको छ ।  लामो समयदेखि निर्माण हुँदै आएको मल्टिप्लेक्स हल १८ गते औपचारिक उद्घाटन सहित संचानलमा आउन लागेको हो । हलको उद्घाटन १८ गते राखिएको हलका संचाल समेत रहेकी कलाकार निर्देशक दीपाश्री निरौलाले बताइन् ।

‘हलको सम्पूर्ण निर्माण कार्य सकिएकाले उद्घाटन कार्यक्रमसहित संचालनमा ल्याउन लागेको हो’, दीपाले भनिन् । उद्घाटनको दिन हलमा फिल्म ‘छक्का पन्जा ४’ लाग्ने छ ।  ‘उद्घाटनमा सबैलाई फ्रिमा फिल्म हेराउनपर्छ’ दीपाले भनिन् ‘फ्रिमा हेराउनहरुले फिल्म नदेलान् भनेर आफ्नै फिल्म देखाउन लागिएको हो ।’ त्यसपछि भने हलमा नेपाली फिल्म ‘ऐँचो पैचो’ र  शाहरुख खानको ‘जवान’ लाग्ने दीपाले सुनाइन् । हल केही अगाडि नै उद्घाटन गर्ने दीपक–दीपाको योजना थियो । आर्थिक मन्दी लगायत विभिन्न कारणले केही ढिलाइ हुनपुग्यो ।

आईएनआई सिनेमाजको फ्रेन्चाइज अन्तर्गत सञ्चालन हुन लागेको हलमा दुईवटा अडिटोरियम रहेको छ । जसमा दुई–दुई सय दर्शक क्षमता छ ।

Comments Box
यो खवर पढेर कस्तो महशुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

  • नेपाली कथानक चलचित्र ‘यो मन त मेरो नेपाली हो’ निर्माण हुने

  • रहस्यमय अङ्गच्छेदन

  • फिलिपिन्सको समुन्द्रमा बिकिनीमा देखिइन् आँचल

  • संसारका अनौठा खाना

  • जवान’बाट हटाइयो नेपालको पुरानै नक्सा समेटिएको दृश्य

  • ‘नरोऊ माया सम्झेर मलाई’ रिलिज

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.