‘नरोऊ माया सम्झेर मलाई’ रिलिज

Advertisement

काठमाडौँ । विसं २०४० मा रिलिज भई बहुचर्चित बनेको लोकगीत ‘नरोऊ माया सम्झेर मलाई’ कृष्ण भजन गीतका रूपमा भिडियोसहित ‘नरोऊ राधा सम्झेर मलाई’ शीर्षकमा रिलिज भएको छ । श्रीकृष्ण जन्माष्टमीको पूर्वसन्ध्यामा मङ्गलबार इन्टरनेटमार्फत गीत सार्वजनिक गरिएको हो ।

ओरिजिनल गीतका गायक हरिबहादुर राउतले नै भजन भर्सनमा स्वर दिनुभएको छ । पुरानो गीतमा युगल स्वर थिएन भने नयाँ गीतमा राउत र गायिका कोपिला तामाङ वाइबाको युगल स्वर छ । यस गीतका शब्द सङ्कलक तथा सङ्गीतकार माधव केसी हुन् । नयाँ गीतमा प्रकाश सापकोटा र विदुर तिमल्सिनाले शब्द रचना गरेका छन् ।

भिडियोमा अभिषेक श्रेष्ठ र सङ्गम विष्टले अभिनय गर्नुभएको छ । श्रेष्ठ कृष्ण बनेका छन् भने विष्ट राधा बनेकी छन् । हरिबहादुर राउत र गोल्डेल हार्ट पिक्चर्सको संयुक्त प्रस्तुतिमा निर्माण भएको गीतको भिडियोलाई गम्भीर विष्टले निर्देशन गरेका छन् । छायाकार दिनेश पराजुली रहेका छन् भने प्रविन भट्टले सम्पादन गरेका छन् ।

Comments Box
यो खवर पढेर कस्तो महशुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

  • नेपाली कथानक चलचित्र ‘यो मन त मेरो नेपाली हो’ निर्माण हुने

  • रहस्यमय अङ्गच्छेदन

  • फिलिपिन्सको समुन्द्रमा बिकिनीमा देखिइन् आँचल

  • संसारका अनौठा खाना

  • जवान’बाट हटाइयो नेपालको पुरानै नक्सा समेटिएको दृश्य

  • दीपक–दीपाको हल १८ भदौमा उद्घाटन, पहिलो फिल्म ‘छक्का पन्जा ४’ लाग्ने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.