नेकपा एमाले जिल्ला अध्यक्ष भुसाल द्वारा नयाँ वर्षको शुभकामना

Advertisement

हरि कुँवर , अर्घाखाँची ।

नेकपा (एमाले) अर्घाखाँचीका जिल्ला अध्यक्ष पिताम्बर भुसालले नयाँ वर्ष २०७९ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपालीहरुलाई शुभकामना व्यक्त गरेका छन ।

नयाँ वर्षको शुभ अवसर पारेर शुभकामना सन्देश जारी गर्दै अध्यक्ष भुसालले भने “नयाँ वर्ष २०७९ को अवसरमा स्वदेश र विदेशमा रहनुभएका समस्त दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

नयाँ वर्ष २०७९ ले जिल्ला बासी नेपालीहरुमा खुशी उमंगसहित हर्षोल्लास र शान्ति भाव फैलाउन सकोस् , आउदै गरेको चुनावले नयाँ नेतृत्व चयन गरोस् हाम्रा संस्कृति पहिचानको संरक्षण तथा संबर्द्धन गर्नु हामी सबैको दायित्व तथा कर्तव्य समेत रहेको बताए जसअनुसार अन्याय अत्याचार जासुरी प्रवृत्तिको निमित्त आवज उठाउदै रास्ट्र र राष्ट्रियताको संरक्षणका निमित्त र गौरवशालि इतिहास बोकेको “समृद्ध नेपाल सुखी नेपाली” विकासको भिजन बोकेर नेकपा एमाले हिँडेको छ । समृद्धि नेपालकोे चाहना र जनताको आशा बनेको छ । राजनीतिक स्थायित्वसँगै आर्थिक समृद्धि विकासको एजेण्डा बनेको छ ।खुसी नेपाली स्थापित गर्न गराउनको निमित्त सम्पुर्ण नेपालीहरु एकजुट हुन सक्नेछन् । जिल्ला लाई समृद्धि तिर लैजाने हाम्रो मुख्य उद्देश्य रहेको भुसालले बताए ।

साथै सबै नेपालीहरु बीचको एकता, सद्‌भाव र सहिष्णुतालाई कायम राख्दै २०७८ साल लाई पनि सम्झदै नयाँ वर्षले संस्कृति एवम् परम्पराहरुको संरक्षण र सम्बर्द्धन गर्ने प्रेरणा हामी सबैमा रहोस भन्ने कामना समेत अध्यक्ष भुसालले गरेका छ्न ।

Comments Box
यो खवर पढेर कस्तो महशुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.