राजमो भूमिकास्थान २ ढाकावाङ्गको अध्यक्षमा नारायण खनाल, सचिवमा खिम बहादुर राउत

Advertisement

जितेन्द्र खत्रि,अर्घाखाँची ।

राष्ट्रिय जनमोर्चा भूमिकास्थान २ ढाकावाङ्गको अध्यक्षमा नारायण खनाल चयन हुनुभएको छ । ढाकावाङ्गको पिपलनेटामा भएको वडास्तरिय भेलाले खनालको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो ।
भेलाले केशरा परियार लाई उपाध्यक्षमा चयन गरेको छ भने सचिवमा खिम बहादुर राउत रहनुभएको छ । सहसचिवमा दधिराम खनाल र कोषाध्यक्षमा आरता बेल्वासे चयन हुनुभएको छ । सदस्यहरुमा भूवानन्द भुसाल, दोण प्रसाद बेल्वासे, गोपाल खनाल, पदम खनाल, मोहन भुसाल, तेजिराम भुसाल, राजु सुनार, डिल्लीराज बन्जाडे, भिम बन्जाडे, श्यामलाल बेल्वासे, प्रेम नारायण खनाल, प्रेम प्रसाद पोख्रेल, श्रृजना सुनार कृष्ण कुमारी राउत, शुसीला खनाल(परियार) रञ्जिता घ म रहेको २१ सदस्य वडा समिती गठन गरिएको छ । यस्तै, बाबुराम खनालको संयोजकमा ७ सदस्य रहेको सल्लाहकार समिति गठन गरीएको छ ।
सदस्यहरुमा बुद्घि बहादुर थापा, तुल्सिराम भुसाल, चन्द्र प्रसाद बन्जाडे, नारायण के सी, तिर्थ राज पौडेल, भोज बहादुर के सी चयन हुनुभएको छ । नव निर्वाचित अध्यक्ष नारायण खनालले प्रतिबद्धता मन्तव्य राख्नु भएको थियो । कार्यक्रम राष्ट्रिय जनमोर्चा क्षेत्रीय ब्युरो सल्लाहाकार शेर बहादुर बि सि को प्रमुख आतित्यथा राष्ट्रिय जनमोर्चा केन्द्रिय सदस्य सागर के सी जिल्ला उपाअध्यक्ष गोपाल पौडेल जिल्ला सदस्य जिवनारायण खनाल जिल्ला सल्लाहकार खड्क बहादुर थापा जिल्ला सल्लाहकार तथा २ नंम्वर वडा अध्यक्ष बुिद्घ बहादुर थापा अखिल नेपाल महिला संघकी आरता बेल्वासे प्रगतिशिल पत्रकार संघका जिल्ला अध्यक्ष जितेन्द्र खत्री युवक संघका अध्यक्ष गणेश सुनार जातयि समता समाजका चुरा बहादुर सुनार लगायतले बधाई तथा सफल कार्यकालको शुभकामना मन्तव्य दिनु भएको थियो ।

Comments Box
यो खवर पढेर कस्तो महशुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.