एमाले लुम्बिनीको अधिवेशनमा १००० बढी प्रतिनिधि

Advertisement

बुटवल । नेकपा एमालेको लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशनमा एक हजार बढी प्रतिनिधि सहभागी हुने भएका छन् । एमालेले सात प्रदेशमध्ये लुम्बिनी प्रदेश अधिवेशन सबैभन्दा अगाडि आगामी भदौ १६ र १७ गते बुटवलमा गर्ने कार्यतालिका तय गरेको छ । बुटवल-१० रामनगरस्थित बुटवल अन्तर्राष्ट्रिय सभाहलमा हुने अधिवेशनमा सहभागी हुन एमालेले प्रदेशका १०९ वटै पालिकामा भदौ ९ गते एकैपटक प्रतिनिधि छनोट गर्ने प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले जानकारी दिए ।

प्रदेशका १२ जिल्लामा कुल ८२ हजार ३०३ जना पार्टी सदस्य रहेका कंडेलले बताए । कुल पार्टी सदस्य संख्याबाट खुल्लातर्फ १०० जना पार्टी सदस्य बराबर एक जना, दलिततर्फ ७५ जना सदस्य बराबर एक, जनसंगठनतर्फ प्रदेश महासंघबाट पाँच जना र अन्यबाट तीन जना तथा एक तिहाई महिला अनिवार्य हुनेगरी प्रतिनिधि छनोटको मापदण्ड तय गरिएको अध्यक्ष कंडेलले बताए ।

‘प्रतिनिधि छनोटमा दोहोरोपन र कुनै कैफियत नहोस् भनेर बाह्र जिल्लाका एक सय नौ वटै पालिकामा एकैपटक छनोट गर्ने विधि अपनाएका हौं,’ अध्यक्ष कंडेलले भने, ‘अधिवेशनमा एक हजार जना हाराहारीमा प्रतिनिधि हुन्छन्,त्यसमा थोरै संख्या तलमाथि हुनसक्छ ।’ पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने तय भएको अधिवेशन सम्पन्न गर्न विभिन्न उपसमितिहरु गठन गरी तयारीका कामहरु अघि बढाइएको प्रदेश प्रचार विभाग प्रमुख डिआर घिमिरेले जानकारी दिए । अधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुले आवासको व्यवस्थापन आफै गर्नुपर्ने नियम बनाइएको छ ।

Comments Box
यो खवर पढेर कस्तो महशुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.