गठबन्धनको तर्फबाट रेनु दाहाल विजयी

Advertisement

काठमाडौं ।

नेकपा एमालेका विजय सुवेदीलाई १२ हजार बढी मतले पराजित गर्दै गठबन्धनको तर्फबाट रेनु दाहाल भरतपुर महानगरपालिकाको मेयरमा निर्वाचित भएकी हुन् । उनी १२ हजार ४ सय ४९ मतान्तरले विजयी भएकी हुन् ।

प्राप्त विवरणअनुसार दाहालले ५२ हजार ३० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सुवेदीले ३९ हजार ५ सय ८१ मत ल्याए ।

महानगरपालिकाको मेयर पदमा पुनःनिर्वाचित रेनु दाहालले जनताको मनोविज्ञान बुझेर काम गर्ने बताएकी छिन् । अन्तिम मतपरिणाम आएपछि प्रतिक्रिया दिँदै उनले महानगरवासीलाई निराश हुन नदिने बताइन् ।

स्थानीय तहमा यो आफ्नो अन्तिम कार्यकाल भएको भन्दै उनले महानगरका अधुरा काम पूरा गर्ने बताइन् । उनले भनिन् ,’देशकै ध्यान यो महानगरमा रहेकाले आफू जित्नु सुखद भए पनि जनताको भावना बुझेर काम गर्छु’, दाहालले भनिन्, ‘स्थानीय सरकार भनेको राजनीति गर्ने ठाउँ होइन, विकास निर्माण गर्ने हो, त्यतै तर्फ लाग्छु ।’

Comments Box
यो खवर पढेर कस्तो महशुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.