जि.स.स. अर्घाखाँचीमा एमाले का उम्मेदवारहरु प्यानलै निर्विरोध निर्वाचित

Advertisement

गणेश खनाल, अर्घाखाँची ।

जिल्ला समन्वय समिति अर्घाखाँचीमा नेकपा (एमाले) का उम्मेदवारहरु प्यानलै निर्विरोध निर्वाचित हुनुभएको छ । पाँचदलीय गठबन्धनले निर्धारित समयमा उम्मेदवारी नदिएपछि समन्वय समितिका सबै पदमा एमाले उम्मेदवार निर्विरोध निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ । मतदातामध्ये ८ जना बहुमत एमालेको पक्षमा भएपछि गठबन्धनबाट उम्मेदवारी दर्ता समेत नभएपछि उहाँहरु निर्विरोध हुनुभएको हो ।

जिल्ला समन्वय समितिको प्रमुखमा एमालेका नेता जिवनारायण कोइराला निर्विरोध चयन हुनुभयो । पाणिनी –५ मैदान निवासी कोइराला एमाले प्रदेश कमिटीको सदस्य समेत रहनुभएको छ।

यसैगरी उपप्रमुखमा एमाले नेतृ लक्ष्मी शर्मा ज्ञवाली निर्वाचित हुनुभएको छ । शर्मा छत्रदेव–१ चिदीका निवासी हुनुहुन्छ । यसैगरी समन्वय समितिको खुला सदस्यमा एमालेका नेताहरू पाणिनी–७ का कमल घिमिरे, भुमिकास्थान–८ का झुपलाल खनाल र सन्धिखर्क–७ का लक्ष्मण कँडेल निर्वाचित हुनुभएको छ ।

महिला सदस्यमा एमाले नेतृ टुल्कादेबी आचार्य, मालारानी–४, डालकुमारी भण्डारी, शितगंगा–१०, सीता आचार्य, मालारानी–१ र दलित–अल्पसंख्यक सदस्य पदमा मिना बिसी परियार चयन हुनुभएको छ । मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले उम्मेदवारको अन्तिम नामावली प्रकाशन भइसकेको बताउनुभयो ।

जिल्लाका ६ वटा पालिकामध्ये ३ वटा पालिकामा प्रमुख तथा उपप्रमुख एवम् दुईवटा पालिकामा उपप्रमुख जिते सँगै एमालेको जित सुनिश्चित भएको थियो ।

समन्वय समिति गठनकनिम्ति आवश्यक १२ मतमध्ये एमालेको आठ, नेपाली कांग्रेसको दुई, राष्ट्रिय जनमोर्चाको एक र नेकपा (माओवादी केन्द्र) को एक मत रहेको छ । यसअघि कांग्रेसबाट प्रमुख र उपप्रमुखमा माओवादी केन्द्रबाट निर्वाचित हुनुभएको थियो ।

Comments Box
यो खवर पढेर कस्तो महशुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.