माटोको ढिस्कोले पुरेर दुई बालकको मृत्यु

Advertisement

सुर्य प्रकाश बुढामगर, रोल्पा ।

परिवर्तन गाउँपालिका ५ राङ्कोटको दाउन्ने भिरमा माटोको ढिस्को माथिबाट खस्दा दुई बालकको घटना स्थलमै मृत्यु भएको छ।

दाउन्ने भिर बस्ने अन्दाजी २६/२७ बर्षका प्रकाश खड्काका छोरा ७ बर्षका देवित खड्का र २ वर्षको इसान खड्काको मृत्यु भएको इलाका प्रहरी कार्यालय ओबाङका प्रहरी बरिष्ठ इन्चार्ज धन बहादुर केसीले जानकारी दिए ।

केसीका अनुसार मेसिन बिहानको काम सकाएर खाना खानको लागि मेसिन रोकेर गएको र बच्चाहरु मेसिनको वरिपरि खेल्दै गर्दा माथिबाट माटोको ढिस्को आएको बताए।बालक करिब घर देखि १ किलोमिटर खेल्न गएको र आफ्नै हजुरआमा मनमाली खड्काले लगेको बताइएको छ।

सडक ट्र्याक ओपन भइरहेको बताइएको छ दाउन्ने भिर हुदै घरिमझिम र खरिबोट लग्ने बाटो भएको बताइएको छ।मेसिन गन बहादुर मगरको महेन्द्र कम्पनीको रहेको बताइएको हो ।

Comments Box
यो खवर पढेर कस्तो महशुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.