कांग्रेस रुपान्तरण अभियानको आचारसंहिता : मदिरा सेवन नगर्ने, माला-खादा नलाउने

Advertisement

काठमाडौं । नेपाली कांग्रेसको रुपान्तरण अभियानकर्मीले ८ बुँदे आचारसंहिताको घोषणा गरेका छन् । शेखर-गगन पक्षका नेताहरु सम्मिलित टोलीले अभियानको क्रममा तल्लो तहमा जाँदा अबलम्बन गर्ने आचारसंहिता बनाएका हुन् । बीपी कोइरालाको जन्मजयन्ति पारेर अभियन्ताहरुले आचार संहिता लागू गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । यसअघि सात प्रदेशमा कांग्रेस रुपान्तरणका लागि अभियान चलाइएको थियो ।

अभियानको दोस्रो चरणमा १६५ निर्वाचन क्षेत्रमा रुपान्तरणका एजेन्डासहितको बहस तथा अन्तक्रिया गरिने भएको छ । ‘मंसिरमा हुन गइरहेको महासमिति बैठकलाई नीतिगत र सांगठनिक हिसावले रुपान्तरणका मुद्दाका पक्षमा परिणामदायी बनाउने लक्ष्य बोकेको यो चरणको कार्यक्रम मुलुकको ७७ वटै जिल्ला, १६५ प्रतिनिधिसभा क्षेत्रमा पुग्ने भएको छ,’ केन्द्रीय सदस्य मधु एवं अभियानका अगुवा मधु आचार्यले भने ।

अभियानका अगुवा नेताहरुको आइतबार बसेको बैठकले रुपान्तरणका क्रममा क्षेत्र जाँदा तडकभडक र खर्चिलो यात्रा नगर्ने संहिता बनाएको छ । साथै, पार्टी सदस्यहरुको घरपरिवारमा बस्ने, माला-खादाको प्रयोग नगर्ने, मदिरा सेवन नगर्ने, तोकिएको समय मै कार्यक्रम आरम्भ गर्ने, विषय केन्द्रित मन्तव्य मात्र राख्ने तथा सम्बोधन संक्षिप्त गर्ने आचारसंहितामा बनाइएको छ । अभियानकर्मीले गत जेठमा एक महिने कांग्रेस रुपान्तरणका लागि सात प्रदेशमा कार्यक्रम गरेका थिए ।

Comments Box
यो खवर पढेर कस्तो महशुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.