पाणिनीको मुख्य दुई विकासको जिम्मा लिन्छुः प्रदेश मन्त्री चौधरी

Advertisement

अर्घाखाँची, १९ असोज । लुम्बिनी प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री धर्मबहादुर चौधरीले पाणिनी तपोभुमिको विकासका लागी प्राथमिकतामा राखे काम गर्ने बताए । पाणिनी गाउँपालिकाको दुर्गाफाटमा शुक्रबारदेखी सुरु भएको मिडिया सम्मेलनको उद्घाटन गर्दै मन्त्री चौधरीले पाणिनी तपोभुमिमा अलपत्र रहेको सभाहलको काम सम्पन्न गर्ने प्रतिवद्धता जनाए ।

उनले ‘दुर्गाफाटदेखी तिनगिरेसम्मको १९ किलोमिटर सड्क पिचँ गर्नमा ध्यान दिएर लाग्ने बताउँदै यो आर्थिक वर्षमा ४ करोड रुपैँया विनियोजन गरेको बताए।’ बहुवर्षेठेक्का मार्फत काम गर्ने बताउँदै अपुग रकम आगामी आर्थिक वर्षमा विनियोजन गरेर सड्क र पाणिनी दहमा अलपत्र सभाहलको काम सम्पन्न गर्नेमा प्रतिवद्धता जनाएका छन् ।

कार्यक्रममा प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरे, जिल्ला समन्वय समितीका प्रमुख जिवनारायण कोईराला, सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्ण श्रेष्ठ, शितगंगाका प्रमुख छविलाल पौडेल, पाणिनीका अध्यक्ष टेकराज न्यौपाने, छत्रदेवका अध्यक्ष चन्द्रमान श्रेष्ठ, काँग्रेसका जिल्ला सचिव अच्युत गौतम, वरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाई, प्रेस युनियनका केन्द्रीय सदस्य प्रेमनारायण आचार्य, प्रेस चौतारी नेपालका निर्वाचन आयोग अध्यक्ष गणेश खनाल, पत्रकार महासंघका पुर्व अध्यक्ष हिमबहादुर जिसी, प्रेस युनियनका जिल्ला अध्यक्ष लक्ष्मण घिमिरे, प्रेस चौतारीका अध्यक्ष बसन्त श्रेष्ठ, प्रगतिशिल पत्रकार संघका अध्यक्ष जितेन्द्र खत्री, जनपत्रकार संगठनका अध्यक्ष अनिल नेपाली, समाजवादी प्रेस संगठनका अध्यक्ष सागर परियार, नयाँ एफएमका अध्यक्ष हरिप्रसाद भुसाल, रेडियो सन्धिखर्कका स्टेशन म्यानेजर श्याम घिमिरे, लगाएतले मिडिया सम्मेलन सफलताको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा भुमिकास्थान नगरपालिकाका प्रमुख झविलाल थापा, उपप्रमुख बालकृष्ण बन्जाडे, सन्धिखर्कका उपप्रमुख मिश्रा आचार्य, छत्रदेवका उपाध्यक्ष मनी पन्थी, पाणिनीका उपाध्यक्ष नर्मदा पौडेल, पाणिनीका ८ वटै वडाका वडाअध्यक्षहरु, जिल्लास्थित पत्रकार तथा सञ्चार माध्यमका प्रमुखहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

कार्यक्रम पाणिनी पत्रकार समाजका अध्यक्ष प्रकाश प्युठानीको अध्यक्षता, महासचिव भिम विकको सञ्चालन, सल्लाहकार माधव बेल्वासेको धन्यवाद मन्तव्य र घनश्याम पौडेलको स्वागत मन्तव्यमा उद्घाटन सत्र सम्पन्न भएको हो । मिडिया सम्मेलनले पाणिनी तपोभुमि दहमा गई १० बुदे घोषणापत्र जारी गर्दै शनिबार सम्पन्न हुने आयोजकले जनाएको छ ।

Comments Box
यो खवर पढेर कस्तो महशुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.