अतिरिक्त हुलाकका कर्मचारीहरुले थप संघर्षका कार्यक्रम सार्वजनिक

Advertisement

अर्घाखाँची। जेठ १८ गतेदेखि कार्यालय बन्द गरेर आन्दोलनमा उत्रिएका अर्घाखाँचीका अतिरिक्त हुलाकका कर्मचारीहरुले थप संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् । सरकारले आगामी आर्थिक बर्षदेखि अतिरिक्त हुलाक खारेज गर्ने घोषणा गरेपछि कर्मचारीले बिरोध स्वरुप कार्यालय बन्द गराउँदै आएकोमा अबदेखि हातमा कालोपट्टी बाँध्ने,नाराजुलुस सहित प्रदर्शन गर्ने र राज्यलाई खबरदारी गर्ने घोषणा गरेका हुन् । अतिरिक्त हुलाक कर्मचारी एशोसियसनको केन्द्रिय कार्यक्रम अनुसार अर्घाखाँचीमा पनि असार ४ गतेबाट यि कार्यक्रम गर्दै अगाडि बढ्ने अतिरिक्त हुलाक कर्मचारी एशोसियसन अर्घाखाँँचीका अध्यक्ष बुद्धि बहादुर भट्टराईले जानकारी दिनुभएको छ । अध्यक्ष भट्टराईकै नेतृत्वमा धनचौर,जुकेना,ढिकुरा,नरपानी,अड्गुरी लगायत जिल्लाभर रहेका २५ वटा अतिरिक्त हुलाकका कर्मचारीहरु आज सन्धिखर्कमा आएर ध्यानाकर्षणपत्र बुझाउँदै असार ४ गतेदेखि जिल्ला हुलाक कार्यालयमा धर्ना दिने,नाराजुलुस गर्ने,प्रदर्शन गर्ने लगायतका आन्दोलन गर्ने बताएका छन् । निमित्त हुलाक प्रमुख मदन भट्टराईलाई बुझाएको ध्यानाकर्षणपत्रमा अतिरिक्त हुलाक कर्मचारी एशोसियसनसंग रायसमेत नमागि हुलाक खारेज गर्ने गरि सरकारले गरेको निर्णय फिर्ता लिनुपर्ने माग गरिएको छ । यस्तै आर्थिक बर्ष २०७७÷०७८ देखि नबढेको तलब बृद्धि गर्नुपर्ने र अतिरिक्त हुलाक ऐन २०३४ खारेज गरि नयाँ नियमावली लागु गर्नुपर्ने माग गरिएको छ । आफुहरुका माग पुरा नभए अतिरिक्त हुलाक कर्मचारी एशोसियसन केन्द्रिय समितिकै आयोजनामा देशभर चरणबद्ध आन्दोलन चर्काउने उनिहरुको चेतावनी छ । ज्ञापनपत्र बुझ्दै निमित्त हुलाक प्रमुख मदन भट्टराईले कर्मचारीका मागप्रति आफु सकरात्मक रहेको भन्दै कर्मचारीका मागलाई केन्द्रमा पुर्याइदिएको जानकारी पनि दिनुभएको छ । आर्थिक बर्ष २०८०÷०८१ को बजेट सार्वजनिक गर्ने क्रममा अर्थमन्त्री डाक्टर प्रकाशसरण महतले अतिरिक्त हुलाक कार्यालय खारेज गर्ने घोषणा गर्नुभएको छ ।

Comments Box
यो खवर पढेर कस्तो महशुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.