पाणिनि बहुमुखी क्याम्पसकाे वार्षिकोत्सब तथा सम्मान कार्यक्रम सम्पन्न, क्याम्पसकाे स्तर बृद्विका लागि लागि पर्ने सराेकारवालाकाे प्रतिवद्वता

Advertisement


गणेश खनाल
अर्घाखाँची । पाणिनि बहुमुखी क्याम्पसकाे ३५ अो वार्षिकत्सव सम्मान र पुरस्कार वितरण कार्यक्रम आज सम्पन्न भएकाे छ ।
कार्यक्रममा मन्तव्य राख्दै सस्कृति पर्यटन तथा नागरिक उड्डयनराज्यमन्त्री शुसिला श्रिपाली ठकुरीले पाणिनि क्याम्पस दैनिक चलाउन गाराे हुनु चिन्ताकाे विषय भएकाे बताउनुभयो । नियमित समस्यालाई समाधान गर्न सबै क्षेत्रकाे बृहत्तर छलफल आवश्यक रहेकाे बताउनुभयाे ।
मन्त्रि ठकुरीले जिल्लाकाे विकास कूनै दल विशेष नहुने उल्लेख गर्दै जिल्लाका प्रमुख विकासकाे प्राथमिक निर्धारण गर्दै काम गरिनुपर्ने धारणा राख्नुभयाे । जिल्लाकाे विकासका लागि आफू नेतृत्व गरेर जान सधै तयार रहेको बताउनुभयाे ।

कार्यक्रम लुम्बिनी प्रदेश सभा सदस्य रामजि प्रसाद घिमिरले नेपालमा स्थिर सरकार बन्न नस्कदा विकासमा गति लिन नसकेकाे बताउनुभयो ।
अर्घाखाँची प्रदेश सभा (ख) का प्रदेश सभा सदस्य रहनु भएका घिमिरेले पाणिनि बहुमुखी क्याम्पस भाैतिक पुर्वाधारमा केही काम गरिएकाे उल्लेख गर्दै थप सरचना निर्माणकाे पहल भइरहेकाे बताउनुभयो ।
जिल्ला समन्वय समिति सभापति जिवनारायण काेइराला,सन्धिखर्क नगरपालिका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठ पाणिनि क्याम्पस भाैतिक स्तर विकास लागि आफुहरू लागि परेकाे बताउनुभयाे ।
कार्यक्रम प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल,नेपाली काग्रेस सभापति केशव श्रेष्ठ, नेकपा एमाले सचिव ताेजबहादुर रायमाझी,नेकपा माअोवादी केन्द्र प्रदेश सदस्य रामलाल पराजुली,नेकपा एसका अध्यक्ष रामबहादुर चाैहान, राजमाे केन्द्रीय सदस्य सागर केसी ,नेकपाका खेम घर्ती, नेपाल समाजवादी पार्टी पुस्करनाथ आर्चाय लगायतले मन्तव्य राख्दै क्याम्पस विकासकाे लागि आफुहरूले पुर्ण सहयोग गर्ने प्रतिवद्वता जाहेर गर्नुभएको छ ।
कार्यक्रममा सम्मान हुने तर्फ पुर्व क्याम्पस प्रमुख ज्ञानबहादुर क्षेत्रि, प्राध्यापक सघका सभापति द्रोण प्रसाद भुसाल,नेपाल पत्रकार महासघका अध्यक्ष अशाेक खनाल, स्ववियु सभापति लक्ष्मण खड्का लगायतले शुभकामना मन्तव्य राख्नुभयाे ।

निमित्त क्याम्पस प्रमुख लक्ष्मण प्राेखरेलले क्याम्पसकाे प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष विष्णुप्रसाद खनाल,क्याम्पसका उपप्रध्यापक धर्मराज भुसालको सञ्चालन कार्यक्रम सम्पन्न भएकाे थियाे ।
देशभर नेपालकाे सरदर परीक्षा उतिर्ण अनुपात २० देखि २५ रहेकाेमा पाणिनी क्याम्पसले ३५ देखि ४० प्रतिशत उतिर्ण दर रहेकाे क्याम्पसले जनाएकाे छ ।

Comments Box
यो खवर पढेर कस्तो महशुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.