बुटवल जानकीनगरको कल सेन्टरमा प्रहरी छापा : १५० कर्मचारीलाई नियन्त्रणमा

Advertisement

बुटवल ।

रुपन्देहीको तिलोत्तमास्थित एक कल सेन्टरमा उद्देश्य विपरित काम गरेको आरोपमा प्रहरीले छापा मारेको छ ।

सूचना प्रवाह गर्ने र नागरिकलाई सहज सूचनाको पहुँच दिने उद्देश्यले खुलेको कल सेण्टरबाट भारतीय नागरिकलाई बिभिन्न प्रलोभनमा पारि ठगी गर्ने गरेको उजुरीका आधारमा प्रहरी छापा परेको प्रहरीले जनाएको छ ।तिलोत्तमा नगरपालिकाको वडा नं २ जानकीनगरमा ४ तल्लाको घरमा ३ वटा फ्ल्याट भाडामा लिई ३ सय जति कम्प्युटर राखी त्यसकै माध्यमबाट सर्वसाधारणलाई म्यासेज पठाई ट्र्यापमा पारेको प्रहरी अनुसन्धानबाट भेटिएपछि कल सेन्टरमा काम गर्ने १५० कर्मचारीलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

चिनिया र भारतीय नागरिक समेतको लगानीमा खोलीएको उक्त ठगी कार्यालयबाट सर्वसाधारणको मोबाईलमा ह्वाट्सप र फेसबुकमा अश्लील म्यासेज पठाउने तथा चिट्ठा पर्यो भन्दै ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाईएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठग बहादुर केसीले बताए ।

‘कार्यालय सन्चालक भारतीय नगरीकको घर कोठा खानतलासी हुँदै छ त्यसपछि थप खुल्नेछ,’ उनले भने १५० जना बढी महिला तथा पुरुष कर्मचारीलाई रोजगारी दिएर खुलेको सो कल सेन्टरमा अवैध काम हुने गरेको सूचनाका आधारमा छापा मारेको प्रहरीले पुष्टी गरेपनि अबैध कार्यको विषयमा प्रहरीले खुलाएको छैन । ‘हामी घटनास्थल मै छौ, अनुसन्धान हुँदैछ, त्यसपछि के हो रु त्यो भनौला ।’ रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले भने ।
-abc tv

Comments Box
यो खवर पढेर कस्तो महशुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.