सन्धिखर्क नगरपालिका अर्घाखाँचीका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठ पहिलो टाईम्सका प्रधान सम्पादक गणेश खनालले गरेको सम्पादित अंश
निर्वाचन पछिको पहिलो १ वर्षे अवधि सकिएर,द्रोसो वर्ष सुरु भएको छ यो अवधिमा केके काम गर्नुभयो ?
सन्धिखर्क नगरपालिका भित्रका १२ वटै वडाहरुमा शहरि शासकिय पुर्वाधार विकास कार्यक्रम अन्तगर्त आर्थिक वर्ष ०७९÷८० मा करिव १२ करोड बराबरा विभिन्न किसिमका योजनाहरु वडा तथा नगर स्त्तरीय कार्यक्रम अन्तगर्त पुर्वाधार विकासका कार्यक्रमहरु सम्पन्न गरिएका छन् । स्वास्थ्य सेवा अन्र्तगत वडानम्वर ७÷८÷११ मा स्वास्थ्य सेवा कार्यलय भवनहरु टेण्डर गरि निर्माण प्रक्रियामा रहेका छन् । चिस्यान केन्द्र भवन निर्माण सम्पन्न रहि सञ्चालनको चरणमा रहेको छ भने अर्घा भगवति माताको प्राङगणमा विभिन्न किसिमका एैतिहासिक संरचनाहरुको निर्माण गरि आकर्षण गरिएको छ । नगरका भगवति मावि लगायतका विद्यालयमा ४ कोठे पक्की भवन निर्माण गरिएको,पाणिनी बहुमुखी क्याम्पसमा जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृर्ति कार्यक्रम सुरु गरिएको छ । सामुदायिक लिफटीङ खानेपानी योजनामा उपभोक्ताहरुले तिदै आएको महशुलमा ६० प्रतिशत महसुल भुक्तिनी गरिएको छ । सन्धिखर्क,धरनपानी,अरलिङवाङ,अर्घा मसुरपाटा असपार्म प्रविधिको कालोपत्रे सडक निर्माण गरिएको छ ।
सन्धिखर्क बजारमा आरसिसि,नाली निर्माण कार्य सम्पन्न गरिएको छ । सुपा देउराली धर्मशाला,खाँचीबोट दरवारमा पुर्वाधार निर्माण,सरला मार्ग सडक,जगंबहादुर जन्मेको दरवार,रकगार्डेन,ढोरपाटन देखी ४ नम्वर सम्म जाने सडक,नगरभित्र सिसिक्यामराको निगरानी,सन्धिखर्क बजारमा उज्यालो सडक लाईट जडान,मुख्य मन्त्रि शैक्षिक सुधार अन्तगर्तका कार्यक्रम,लदाम बगैचालाई पर्यटकिय आर्कषण गर्ने खालका निर्माण कार्य सम्पन्न भएका छन् । फोहोर मैला व्यवस्थापनका लागि निजि क्षेत्रसंग सम्झौता गरि काम भइरहेको छ । गच्छेखोला रहेको पुरानो मसानघाटलाई व्यवस्थीत गर्ने कार्य भएको छ ।
सन्धिखर्कको सुपा मन्दिरमा आएका पर्यटकलाई सन्धिखर्क ल्याउनका लागि के पहल गरिरहनु भएको छ ?
सन्धिखर्क नगरपालिका भित्र रहेको सुपा देउराली मन्दिरमा आएका पर्यटकहरुलाई सन्धिखर्क बजार सम्म ल्याउनको लागि एैतिहासिक अर्घा दरवारको प्रचारलाई प्राथमिकता राखीएको छ । सन्धिखर्कमा रहेको सिदेश्वर मन्दिर लगायतका पर्यटकिय क्षेत्रको महत्वबारे प्रचार गर्न नसक्दा सुपाबाट पर्यटक फर्कर्ने गरेको पाईएको छ । यसबारे हामिले ठोस योजना बनाएर जिल्ला भरका पर्यटकिय क्षेत्रमा आउने गरि काम गर्ने सोच बनाईरहेका छौ । अर्घा मन्दिरलाई व्यवस्थित गरि हेर्न र देख्न लायक बनाएका छौ । मथुरामा रहेको दरवारलाई व्यवस्थिती बनाएकौ छौ । अव हामीले यि क्षेत्रको महत्वबारे व्यापाक प्रचार गर्नको लागि योजना बनाई रहेका छौ त्यसपछि पर्यटकहरु यहाँसम्म आउनुहुनेछ भन्ने विश्वास लिएका छौ ।
कृर्षी,पशुपालनको क्षेत्रमा नगरपालिका प्राथमिकता कस्तो रहेको छ ?
कृर्षि क्षेत्र नगरपालिकाको निति तथा कार्यक्रम मार्फत पहिलो सुचीमा पर्दछ । कृर्षी क्षेत्रको आधुनिकरण,यान्त्रीकरणको माध्यमबाट हाम्रा कृषकहरुको उप्पादनलाई बृद्धि गरि व्यावसायिकबरण तर्फ उन्मुख गराउने,हाम्रो पहिलो लक्ष्यमा रहेको छ । सोही अनुसार हरेक वाडमा रहेका कृषकलाई आत्मनिर्भर बनाउने,उप्पादनलाई व्यापक बनाई उप्पादन बढाउने बजारमुखी बनाउने कार्यहरु अगाडी बढेका छन् । आफनो बजार आफनो उप्पादन स्र्माट गाउँ कृषक कार्यक्रमहरु पनि गरिएको छ । कृषकलाई व्यावासायिक बनाउन कृर्षी साम्रगी,मेसिनरी औजार,मल तथा ५० प्रतिशत अनुदान,फलफुल,उन्नत जात अन्य विरुवाहरु वितरण,वर्षायाम वाढीले क्षती पु¥याएका कृषकलाई राहत वितरण,जरेखोला आसपासमा खेती योग्य जमिन दिगो व्यवस्थापनका लागि खोला व्यवस्थापन गरिएको छ ।
निर्वाचनको बेला मतदातासंग गरेका बाचाहरु यो चरणमा कस्तो सम्बोधन भएका छन् ?
निर्वाचनको बेलामा मतदाताहरुसंग जे बाचा गरिएका थिए,ति बाचाहरु क्रमागत रुपमा सम्बोधन गरिदै आएको छौ । पुरा नहुने चुनाव जित्नलाई जेपनि आश्वसन दिईएको थिएन् र सोही अनुसार अहिले काम गर्न सजिलो भईरहेको छ । मुख्य समस्या भनेको बेरोजगारी हो । स्वरोजगार मुलक कार्यक्रम विना,कृर्षीमा आधारित उद्योगको स्थापना विना रोजगारी संम्भव छैन् । जवसम्म यस्ता उद्योगहहरु संघिय,प्रदेश सरकार र स्थानीय सरकारको लगानीमा कार्यक्रमहरु अगाडी बढ्न सक्तैन तव सम्म बेरोजगारी समस्या समाधा हुदैन । तिन तहका सरकारको सहभागिताबाट संञ्चालन गर्नुपर्ने हुन्छ अहिलेको मुख्य कार्यभार पनि यहि रहेको छ । उप्पादनलाई व्यापक बृद्धि गरि,आत्मनिर्भर व्यावसायिकरण गरिनु पर्दछ । माटो,हावापानी भुगोल सुहादो क्षेत्रलाई छनोट गरि कृर्षी बैज्ञानिकहरुको सहभागितामा आम्दानी मुलक उप्पादन दिने कृर्षी तथा तरकारी फलफुल खेतीको उप्पादन लिई तिव्रता दिईनुपर्दछ ।