एक किशोरीको सडक दुर्घटनामा निधन

Advertisement

बुटवल । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका धारापानिको सिख्र जन्म घर भई हाल कपिलवस्तुमा बसोबास गर्दै आईरहेकी एक किशोरीको सडक दुर्घटनामा परि निधन भएको छ।

पुर्व पश्चिम राजमार्ग अन्तरगत पर्ने कपिलबस्तुको सडकमा बिपरित दिशा बाट आईरहेको टिप्परले अस्मिता खनाल सवार मोटरसाइकललाई आज बिहान ठक्कर दिँदा अर्घाखाँचीको धारापानि घर हुने १९ बर्षिया किशोरी अस्मिता खनालको मृत्यु हुन् पुगेको बुझिएको छ।

मोटरसाइकल चालक भने गम्भीर घाइते रहेको खबर प्राप्त भएको छ। मृ’त्यु हुने अस्मिता खनाल अफिसको कामले फिल्डमा जाने क्रममा दुर्घटना हुँदा मृत्यु भएको हो। अस्मिताको घर परिवार १५ बर्ष अघि अर्घाखाँचीको धारापानि बाट बसाइसराइ गरि कपिलबस्तुको नयाँ बस्तीमा बसोबास गर्दै आईरहेको बुझीएको छ।

ठक्कर दिने टिप्परलाई प्रहरीले नियन्त्रणमा लीएर थप कारबाही अगाडी बढाईरहेको बुझीएको छ।


by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *