अवैध युरिया मल र चिनी बरामद

Advertisement

किरणमान बज्राचार्य , बुटवल ।

कपिलवस्तुको पत्थरको–अर्घाखाँची सडक खण्डमा मिनी ट्रकसहित अवैध युरिया मल र चिनी बरामद गरिएको छ।

तौलिहवाबाट अर्घाखाँची तर्फ जाँदै गरेको मिनि ना च ख ८१०८ नम्बरको ट्रकलाई चेकजाँच गर्ने क्रममा विना भन्सार र विना विल ढुवानी गरिएको १७० बोरा युरिया मल र ३० बोरा चिनी बरामद गरिएको प्रहरी नायब उपरिक्षक जेसी शाहले बताए।

पत्थरकोटस्थित खटिएको प्रहरी टोलिले गोरुसिङे अर्घाखाँची सडक खण्डमा अन्दाजी १३ लाख ७५ हजार रूपैयाँ बराबरको अवैध सामानहरु बरामद गरिएको उनले बताए। बरामद सामान र ट्रक आवश्यक कारबाहीको लागि सुठौली भन्सार कार्यलय कपिलवस्तु पठाइएको उनले बताए।


by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *