लोकप्रिय बन्दै वडा अध्यक्ष भुसाल

Advertisement

अर्घाखाँची ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका – ०९ अर्घा वडा अध्यक्ष पदम बहादुर भुसाल वडा भित्र लोप्रिय बन्दै गएका छ्न ।

सन्धिखर्क नगरपालिका वडा ९ को अध्यक्षपदका लागि नेकपा एमाले बाट निर्वाचित भएका थिए ।

निर्वाचन ताका मतदातालाई दिएको आश्वासन सत प्रतिसत पुरा गराउनेमा उनि यतिबेला कम्मर कसेर लागिपरेका छन् । स्थानीय बासिन्दा भन्छन, ‘भोट माग्न घर घरमा पुगेर भनेका कुरा साच्चै पुरा हुनथालेका छन् ।’ स्थानीय हुम रायमाझीले भने, पदमजी को काम गर्ने तौर तरिकाले हाम्रो मन जितेको छ ।’


यस्तै समाजसेवी बलराम रायमाझीले भन्छ्न वडा विकास र सामाजिक रुपमा काम गर्ने शैलीलाई वडाका सबैले रुचाएका छन् । वडा अध्यक्षको काम गर्ने शैली आफै फिल्डमा गएर हातेमालो गर्ने भएकोले वडा बासीको मन जितेको छ ।

१) अर्घा भित्र अबस्थित १ मा.बि.र ४ आधारभूत विद्यालयमा अङ्ग्रेजी माद्ययम बाट बाल बिकास तथा कक्षा १ मा अध्यापन कार्यको शुभारम्भ गरेका छन ।

२) धेरै लामो समय देखि अबरुद्ध रहि आएको सन्धिखर्क,धरमपानी,गच्छेगैरा,रहिस्चौर,भण्डार मोटर बाटोमा तत्कालको लागि नम्बरको सबारी जिपको प्रबन्ध मिलाएका हुन।

३) सदरमुकाम हुँदै जिल्लाकै ऐतिहासिक प्रसिद्ध अर्घा भगवती मन्दिरलाई मद्यय नजर गर्दै अर्लिबाङको स्वागत द्वार देखि मन्दिर परिसर सम्म ग्रीम अर्घाको अबधारणा अनुरुप निलकाटा लगाउने कार्य

४) सदियौ देखि एक त्रीपालको लागि हप्तौं जिल्ला स्थित विभिन्न कार्यालयहरुमा धाउने निसुल्क रुपमा त्रीपाल उपलब्ध भएता पनि धापखाप बराबरिको चुरो कुरालाई तोडदै वार्ड बाट नै बास्तबिक पीडितको पहिचान गर्दै बितरणको कार्य ।

५) बिशेष नापी टोलि द्वारा जग्गा धनी प्रमाण पुर्जा बितरण गर्दा प्रत्येक टोललाई केन्द्रित गर्दै तद तद स्थान बाट छिटो छरितो तरिका वाट बितरण गरिएको ।

६) आर्थिक बर्षको अन्त्य तर्फ रहेका केही योजनाहरुको वार्डमै सरोकार वालाहरुलाई आमन्त्रण गरि सबैको प्रतिबिम्ब स्वरुपको समिति निर्माण तथा निर्दिष्ट शीर्षकमा बिनियोजित रकमको सामुहिक अपनत्वको प्रत्याभुती गराउने कार्यको थालनी ।
७ ) यहि श्रावण ०२ गते वार्ड परिसरमै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने बाताबरणको सुरुवात ।

स्वास्थ्य क्षेत्रमा पनि भुसालले सुधारको थालनी गरेर लोकप्रिय बन्दै गएका हुन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *