नेपाल प्रेस युनियनको केन्द्रीय सदस्यमा घनश्याम पौडेलले उम्मेदवारी घोषणा

Advertisement

अर्घाखाँची ।

पटकपटक मिति घोषणा गरिएपनि बिगत ५ बर्ष देखि निर्धारित समयमा हुन नसकेको लोकतन्त्रबादी पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको नवौं महाधिवेशन अन्ततः यहि श्रावण ६ र ७ गते बाग्मती प्रदेशको राजधानी हेटौंडामा हुने निश्चित भएको छ । मिति घोषणा भएसगै महाधिवेशनको रौनक छाएको छ ।
नेपाल प्रेस युनियनको केन्द्रीय सदस्यमा घनश्याम पौडेलले उम्मेदवारी घोषणा गरेका छन् । विगत ८ वर्षदेखि अर्घाखाँचीमा रहि पत्रकारितामा आवद्व पौडेल २३ वर्षिय हुन ।

अर्घाखाँचीमा नेपाल प्रेस युनियनको कार्यसमिति सदस्य, पत्रकार महासंघको जिल्ला सदस्य, नेपाली काँग्रेस जिल्ला कार्य समिति अर्घाखाँची प्रकाशन तथा प्रचारप्रसार विभागको सदस्य रहि काम गरेका पौडेल राष्ट्रिय, प्रादेशिक तथा स्थानीय मिडियामा आवद्व छन् ।

कारोवार दैनिक, न्बबिहथ त्ख, दैनिकपत्र दैनिक, हिन्दुखबर डटकम, एविसि टेलिभिजन, Ap1 टिभि लगाएतका दर्जनौ मिडियामा काम गरेका पौडेलले केन्द्रीय सदस्यका लागि दौडधुप बढाएका छन् ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा वकालत गर्दै आएका पौडेल श्रमजीवी पत्रकारहरुको सुचिमा सबल,सक्षम, निडर र कुशल पत्रकारको छवि बनाएका छन । पौडेल दर्जनौ सस्था बाट सम्मानित भएका देशमै कान्छा उम्मेदवार हुन ।


Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *