अर्घाखाँची आउने इँटा उद्योग बन्द हुने अवस्थामा

बुटवल ।

अर्घाखाँची लगाएत विभिन्न जिल्ला जाने इँटा उद्योग बन्द हुने अवस्थामा पुगेका छ्न ।

रुपन्देहीका इँटा उद्योग बन्द हुने अवस्थामा पुगेका हुन । इँटाको माग घट्नाका साथै इँटा उत्पादनमा आवश्यक पर्ने कोइलामा भएको मूल्यवृद्धिका कारण इँटा उद्योग बन्द हुने अवस्थामा पुगेका हुन् । गत वर्ष २५ हजार रुपैयाँ प्रतिमेट्रिकटन खरिद गरिएको कोइलाको लागत एकाएक ४५ हजार प्रतिमेट्रिकटन पुगेको र महँगो लागतमा इँटा उत्पादन गरिएकामा सोचेअनुसार माग नभएपछि जिल्लामा सञ्चालित ४८ वटा इँटा उद्योग बन्द हुने अवस्थामा पुगेको लुम्बिनी इँटा उद्योग व्यवसायी सङ्घका महासचिव अजयकुमार गुप्ताले बताए ।

रुपन्देहीमा उत्पादित इँटा पाल्पा, अर्घाखाँची, स्याङ्जा, कास्की, काठमाडौं, रोल्पालगायत विभिन्न पहाडी जिल्लामा पुग्ने गरेको छ ।
४८ इँटा उद्योग दर्ता भई सञ्चालनमा छ्न । लुम्बिनी इँटा उद्योग व्यवसायी सङ्घका सदस्य दीपक पौडेलले इँटा व्यवसायीका विषयमा सरकारको ध्यान नपुगेको आरोप लगाए ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार