२३ मंसिर २०८१, आइतवार
२३ मंसिर २०८१, आइतवार

आवश्यकतासंग विकासलाई जोडिरहेका छौ ः प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा

१.विकास निर्माण र सेवाप्रवाहलाई कसरी अघि बढाइरहेको छ ?
शितगंगा नगरपालिकाले संविधानले दिएको अधिकार प्रयोग गर्दै स्थानीय पूर्वाधार विकास, सेवाप्रवाह र अनुगमन तथा नियमनलाई प्राथमिकतामा राखेर कार्य सम्पादन गर्दै आएको छ । स्थानीय पूर्वाधार विकासका सन्दर्भमा नगरपालिकाले तर्जुमा गरेको दशवर्षे आवधिक विकास योजनाअनुसार वार्षिक बजेटमा पूर्वाधारका आयोजनाहरु समावेश गरी कार्यान्वयनगर्दै आएका छौं । सेवाप्रवाहतर्फ १४ वडा कार्यालयबाट प्रशासनिककामहुँदै आएको छ ।
नगरका १०९ वटा सामुदायिकविधालय र २ वटा सामुदायिक सिकाई केन्द्रबाट शिक्षा सम्बन्धी सेवा र ३७ वटा स्वास्थ्य संस्थाबाट स्वास्थ्यसँग सम्बन्धित विविध सेवाहरु प्रदानगर्दै आएका छौं । त्यसैगरी नगरपालिकाका १४ वटा बिषयगत शाखाबाट समेत आ–आफ्नो विषयगत क्षेत्र अनुसार नीतिनिर्माण र कार्यान्वयनहुँदै आएको छ । विकास निर्माणलाई तोकिएको समय, लागत र गुणस्तरमा सम्पन्नगर्न नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत लगायत आवश्यकता अनुसार अन्य कर्मचारीहरुबाट समेत अनुगमनको कामगर्ने गरिन्छ । कामको गुणस्तर कायमगर्न प्राविधिक कर्मचारीहरुलाई विशेष सचेत गराईएको छ भने अनुगमनका चरणमा समेत गुणस्तर माध्यान दिईएको छ । यसरी नगरपालिकाबाट प्रदान गरिने सवै किसिमका सेवाहरु सरल तथा प्रभावकारी ढंङ्गबाट प्रदानगर्न नगरपालिकाले आफ्ना सम्पूर्ण संयन्त्र परिचालन गरी कार्यसम्पादनगर्दै आएको छ ।
२) नीति तथा कार्यक्रममको कार्यान्वयनको अवस्था कस्तो रहेको छ ?
जनताका प्रत्यक्ष सरोकार काकार्यक्र मतथा योजनालाई नै नीति तथा कार्यक्रम मार्फत सम्बोधनगर्ने गरेका छौं । आगामीआर्थिक वर्षबाट आवधिक योजनाका आधारमा जनताका सरोकारका योजनाहरुलाई विधिसम्मत् ढंगबाट अगाडि बढाउने गरी टुक्रे योजना अन्त्यका लागि योजनाबनाएका छौ ।
३) नगरपालिका गौरवका योजना कस्ता रहेका छन् ?
योजना निर्माणको चरणमा नै आफ्नो अधिकार सूचीको विषय माध्यान दिई उक्त सूचीमा उल्लेख भए बमोजिम आवधिक, वार्षिक, क्षेत्रगत योजनाहरु बनाउने गरिएको छ । साथै, संघ र प्रदेश सरकारको नीति, लक्ष्यतथा उद्देश्यसँग तादाम्यता कायमगर्दै वातावरण संरक्षण तथा जलवायु परिवर्तन, लैंगिक समानता तथा सामाजिक समावेशीकरण, विपद् व्यवस्थापन, सुशासन आदि विषयहरु लाई समेत ध्यानदिदै नगर गौरवका योजना र वडागत योजनाका रूपमा वर्गीकरण गरी नमुनाका रूपमानगर विकास गर्ने लक्ष्यकासाथ अघि बढेको अवस्था छ । शितगंगा नगरपालिकालाई नमुनाका रूपमाविकास गर्न नगर नेतृत्वक्रियाशील रहेको छ । यसकालागिनगरको आवधिक विकास योजनाका आधारमा वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा हुनेछन् । शिक्षाको जगदह्रो बनाउन सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि विशेष कार्यक्रमको आवश्यकता छ। यसका लागि नगर शिक्षा योजना तर्जुमा अन्तिम चरणमा रहेको छ ।
४) शुसासन शितगंगा नगरपालिका कुन अवस्थामा छ भन्ने लाग्छ ?
हालको नगर नेतृत्वविकास निर्माण लगायत समग्र नगर विकासको पक्षमाअत्यन्त सकारात्मक रहेको पाएको छु । उहाँहरु शिक्षित हुनुहुन्छ र नगरकाशिक्षा, स्वास्थ्य, खानेपानी, फोहोर व्यवस्थापनलगायत सबै किसिमकापूर्वाधार विकासमा गुणस्तरीयता सहितको विकासकाकार्यमा रणनीतिक योजना सहितकार्य गर्ने प्रतिबद्धता व्यक्तगर्दै संवेदनशीलभएर कामगरिरहनुभएको छ ।
५) जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध कस्तो हुनुपर्छ जस्तो लाग्छ ?
जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध परिपूरक र सुमधुर हुनुपर्दछ । हामीहरुको साझा लक्ष्य नगर विकासको हो । जनप्रतिनिधिहरुबाट ल्याइएका योजना, नीति तथा कार्यक्रमलाई नेपालको प्रचलित कानुनका आधारमा पूरा गर्ने दायित्व कर्मचारी वर्गको हो । यसर्थ यो विषयको गाम्भीर्यता अनुसार अगाडि बढ्दा दुवै पक्षबीचको सम्बन्धमाकुनै पनिकिसिमको असमझदारी हुनेछैन र भएको पनि छैन ।
६) विकास निर्माणमा स्थानीयको अपनत्व कस्तो पाउनु भएको छ ?
यहाँको विकास निर्माणमा जनसहभागिता राम्रो रहेको छ । बजेट तर्जुमाको चरणमा समेत नागरिकहरुसँग पर्याप्त छलफल र परामर्श हुने गरेको छ । नगर र वडाले आयोजनागर्ने यस्ता छलफलमा नागरिकको उल्लेख्य सहभागिताहुने गरेको छ । बजेट कार्यान्वयनको चरणमा समेत पर्याप्त जनसहभागिता हुने गरेको छ ।थुप्रै कार्यहरु उपभोक्ता समितिमार्फत भएका छन् । जनतासँगप्रत्यक्ष सम्बन्धित र उहाँहरुको मागमाआधारित योजनाहरु नगरसभाबाट स्वीकृत भए बमोजिम कार्यान्वयन हुने गरेका छन् ।
आगामी आर्थिक वर्षदेखि जनचाहना बमोजिमका योजना तथा कार्यक्रमलाई अझै प्राथमिकता दिनेछौं । आवधिक योजनाले तय गरेको मार्गदर्शन बमोजिम बार्षिक बजेट बन्ने गरेको छ ।बजेट तर्जुमाको चरणमा नागरिकका जायज माग र आवश्यकता अनुसार आयोजना र कार्यक्रम छनोट गर्न टोल र बस्ती बस्तीमा जनप्रनिधिहरु खटाई नागरिकलाई बजेट तर्जुमा प्रक्रियामा प्रत्यक्ष सहभागी गराउन जोड दिने गरिएको छ ।
७) बेरुजु र सार्वजनिक खरिदको अवस्था कस्तो छ ?
गत आवमा हाम्रो बेरुजु रकम धेरै थियो । अहिले बेरुजु घटेको छ । बेरुजु फर्स्यौटका लागि हामी सक्रिय रहेका छौ ।सार्वजनिक खरिदको कार्य हालको प्रचलित सार्वजनिक खरिद ऐन तथा नियमावलीको परिधिभित्र रहेर मात्र गर्ने गरिएको छ ।
८) काम गर्ने सन्दर्भ कस्ता कस्ता चुनौती आईरहेका छन् ?
अन्यनगरपालिकामा जस्तै साझा समस्या यस नगरपालिकामापनि छन् । त्यसबाहेक मूलतःभौगोलिक जटिलता, कर्मचारीको अभाव, प्राकृतिक स्रोतको अवैध चोरी निकासीलगायतका समस्या छन् । खास गरी स्रोतसाधनभनेको प्रायः सीमित नै हुन्छ । मागकाआधारमाआपूर्ति पक्षकमहुनु स्वाभाविक नै हो । जनप्रतिनिधि र जनताकाअसीमितचाहना सीमित स्रोत साधनबाट पूरा गर्न चुनौती छ । यस समस्याको समाधानकालागिआवधिक योजनातथा रणनीतिक योजनाबाट सम्बोधनगर्ने विचार गरिएको छ । जनसेवाप्रवाहकालागि सूचनाप्रविधिको प्रयोगलाई महत्वदिई कार्यक्रम अगाडि बढाएका छौं ।
भौगोलिक हिसावले नेपालको ठूलो नगरपालिका भएकोले सेवाप्रवाहको लागि भौलोगिक जटिलता चुनौतिको रुपमा रहेको छ । त्यसबाहेक कामगर्न कानुनी जटिलता, न्यून बजेट, कर्मचारीको अभाव, प्राकृतिको स्रोतको अवैध चोरी निकासीतथा चुहावट, आदि समस्या छन्
९) तीन तहका सरकारको समन्वय कस्तो रहेको छ ?
स्थानीय, प्रदेश र संघसँगको अन्तरसम्बन्धतथा समन्वयको संयन्त्रकानुनद्वारा नै निर्धारण भएको छ । कानुनी र व्यावहारिक दुवै माध्यमबाट अन्तरतह समन्वय र अन्तरसम्बन्धको कार्य भइरहेको छ । आवश्यकताअनुसार सहयोग र समन्वयको कार्य भएतापनिजुनतहमाहुनुपर्ने हो त्यो हुन सकेको छैन ।
भौगोलिक हिसावले नेपालको ठूलो नगरपालिका भएकोले सेवाप्रवाहको लागि भौलोगिक जटिलता चुनौतिको रुपमा रहेको छ । त्यसबाहेक कामगर्न कानुनी जटिलता, न्यून बजेट, कर्मचारीको अभाव, प्राकृतिको स्रोतको अवैध चोरी निकासीतथा चुहावट, आदि समस्या छन्
१०) पालिकाको स्रोत वृद्धि गर्न के–कस्ता पहल गरिरहनु भएको छ ?
शितगंगा नगरपालिकाका आन्तरिक आम्दानीका श्रोत भनेको खोलानाला, कबाडी कर भुमिकर, व्यवसाय कर आदिहुन् ।यिनलाई आन्तरिक रुपमा सुधार गरी करको दायरा बढाएर राजस्वमा सुधार गर्ने गरी अगाडी बढेका छौं । यसकालागिनगरको राजश्व सुधार कार्ययोजनालाई थप वस्तुगत बनाई अडागी बढ्नेछौं ।
शितगंगानगरपालिकामा संघ र प्रदेशको विभिन्नशीर्षकमा छुट्टाइएको वित्तीय समुनिकरणको बजेट नआउदाकरिब ४ करोड बजेटको अभाव हुन्छ । त्यसबाहेक राजश्व बाँडफाँड तर्फ प्रक्षेपण गरिएको मध्ये करिब २ करोड बजेट कमहुने अनुमान गरेका छौं ।
११) अन्त्यमा केही भन्नु छ कि ?
स्थानीय तहको विकासकालागि सबैको व्यवहार र आचरणमा सुधार आवश्यक छ । कानुनी राज्यको अवधारणालाई आत्मसात गरी कर्मचारी जनप्रतिनिधि र नागरिकको आचरण तथा व्यवहारमा सुधार आए विकासले गति लिनसक्छ । तर, एकले अर्कोलाई दोषारोपण मात्र गर्ने हो भने अपेक्षा गरे अनुसार सफलता हासिल हुन सक्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img
spot_img
spot_img
spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार