हरि कुँवर , अर्घाखाँची ।
सन्धिखर्क नगरपालिकाको मेयर पदका लागि कृष्णप्रसाद श्रेष्ठलेले उम्मेद्वारी घोषणा गरेका छन्।
नेकपा एमालेका नेता तथा उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य सामाजिक राजनीति शैक्षिक व्यक्तित्व कृष्णप्रसाद श्रेष्ठले जिल्लामा विभिन्न परिवारका गरिव, दलित विपन्न लाई आफू सक्दो सहयोग गर्दै आएका छन ।सक्रिय रहदै आएका श्रेष्ठ नेकपा एमाले भित्र पनि सरल कुशल इमानदार कर्तब्यनिष्ठ नेताको रुपमा परिचित छन्।
“समृद्ध नेपाल सुखी नेपाली”विकासको भिजन बोकेर हिँडेका श्रेष्ठ सन्धिखर्कमा सुविधा सम्पन्न अस्पताल , गुणस्तरीय शिक्षामा योगदान पुराउने अधुरा रहेका काम पुरा गर्ने भन्दै उहाँले दोस्रोपटक नेकपा एमालेको तर्फबाट उमेदवारको सिफारिस गरेका हुन ।
बैशाख ३० गते हुने स्थानीय तहको चुनाबका लागि नेकपा एमालेबाट सन्धिखर्कमा मेयरका लागि उहाँले पार्टीमा उम्मेदबारी दर्ता गराएका हुन ।
२०७४ सालको निर्वाचनमा एमालेका कृष्णप्रसाद श्रेष्ठ, नेपाली कांग्रेसबाट नगर प्रमुखका उम्मेद्धार कमलप्रसाद भुसाल एकै स्थानबाट मतदान गरेका थिए ।
सन्धिखर्क नगरपालिकामा मेयर नेपाली कांग्रेसका कमलप्रसाद भूसालले ८२३० मत लिएर बिजयी भएका थिए भने एमालेका कृष्णप्रसाद श्रेष्ठ ७१२७ मत लिएर पराजित बेहोर्नु परेको थियो ।
Leave a Reply