किशोरीलाई बलात्कार प्रयास गरेको आरोपमा वडा अध्यक्ष पक्राउ

Advertisement

काठमाडौं ।

किशोरीलाई बलात्कार प्रयास गरेको आरोप लागेका मकवानपुरको कैलाश गाउँपालिका-९ का वडा अध्यक्ष भुवनसिंह घलानलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङका अनुसार मंगलबार दिउँसो १ बजे हेटौंडा बजारबाट वडा अध्यक्ष घलानलाई पक्राउ गरिएको हो ।

राष्ट्रपति रनिङ शिल्ड विद्यालय खेलकुद प्रतियोगिताअन्तर्गत जिल्लास्तरीय प्रतियोगितामा सहभागी हुन आएकी कैलाश–९, नामटारस्थित कालिका माविकी छात्रालाई हेटौंडा-१० स्थित होटलमै पुगेर वडा अध्यक्ष घलानले असार १८ गते राति यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता भएको थियो।

पक्राउ परेका वडा अध्यक्ष घलानलाई हिरासतमै राखी आवश्यक अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *