२८ पुस २०८१, आइतवार
२८ पुस २०८१, आइतवार

परिवर्तन एमाले बाट मात्र संभव छ : क्षेत्री
नेकपा एमाले मालारानी ५ को वडा अधिवेशन सम्पन्न भएको छ ।
अधिवेसनले के आर बस्नेतको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटीको सर्वसम्मत चयन गरेको छ ।
अधिवेशनको उद्घाटन गर्दै नेकपा एमालेका केन्द्रिय प्रतिनिधि परिषद् सदस्य नरेन्द्र कुमार क्षेत्रीले नेकपा एमाले बाट मात्र परिवर्तन संभव भएको बताउनु भयो ।
उहाँले नेकपा एमालेले सरकारको नेतृत्व गर्दा दुरगामी महत्वका बिकास योजना सफल हुने गरेको वताउनु भयो ।

जनता एमालेको काम बाट प्रभावित भएको भन्दै उहाँले जनताको समर्थनलाई संगठनमा रुपान्तरण गरेर बलियो र जुझारु पार्टी निर्माणमा जुट्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।
कार्यक्रमा नेकपा एमालेका जिल्ला अध्यक्ष पिताम्बर भुसालले मिसन ८४ को निम्ति एमालेका सबैनेता कार्यकर्ताले फेरी एकपटक पार्टीको लागि समय व्यवस्थापन गरेर अहोरात्र खट्नु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा जिल्ला कमिटी सचिव विधान रायमाझी ,जिल्ला सदस्य तिलक मिश्र,नेकपा एमालेका नेता पदम क्षेत्री,पालिका कमिटी अध्यक्ष बलराम भुसाल , लगायतले मन्तव्य राख्नु भएको थियो । नवनिर्वाचित कमिटीको उपाध्यक्षमा माेति प्रसाद भट्टराई, सचिव प्रेमप्रकाश पाण्डे, उपसचिव क. बिष्णु सुनार र सूर्य बि.क. रहनुभएकाे छ ।वडा कमिटीले पार्टी संगठन निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने नेताहरुलाई सम्मान समेत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img
spot_img
spot_img
spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार