स्थापना दिवसमा लायन्स क्लव अर्घाखाँचीद्वारा वृक्षरोपण

हरि भुसाल , अर्घाखाँची ।
प्रथम स्थापना दिवसको अवसरमा लायन्स क्लव अफ अर्घाखाँचीले सन्धिखर्क नगरपालिका वडा नं २ मा बृक्षारोपण गरेको छ ।

सन्धिखर्क नगरपालिका वडा नं. २ बेलवाटिकामा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, वडाध्यक्षहरु मोतिजंग रायमाझी, हुमप्रसाद भुसाल, लायन्स क्लव अफ अर्घाखाँचीका संस्थापक अध्यक्ष हरिप्रसाद भुुसाल लगायतको उपस्थितीमा वृक्षारोपण गरिएको हो ।

लायन्स मिनि पार्क बनाउने अभियानका साथ शुभदिनमा वृक्षारोपण गरिएको क्लवका अध्यक्ष कृष्ण प्रसाद भुसालले जानकारी दिनुभयो । वृक्षारोपण कार्यक्रममा लायन्सका पदाधिकारी तथा सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले लायन्सको सकारात्मक कामबाट आफु प्रभावित भएको बताउदै आगामी दिनमा सहयात्रा गरेर अगाडी बढ्न आफु तयार रहेको समेत जनाउनुभयो ।

स्थापनाको छोटो समयमै लायन्स क्लव अफ अर्घाखाँचीले जिल्लाका विभिन्न स्थानमा सयौं विरुवाहरु रोपण गरिसकेको छ । आफुले रोपेका विरुवाहरु समय समयमा हेरचाह तथा गोडमेल समेत गर्दै आएको क्लवका प्रथम उपाध्यक्ष प्रकाश परियारले जानकारी दिनुभयो ।

क्लवले बृक्षारोपणका अलावा विभिन्न सामाजिक सचेतनामुलक काम समेत गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार