दिनप्रतिदिन बाँगीमा बदेल र बादरको आतंक , अधिकांश किसान चिन्तित

अर्घाखाँची ।

मालारानी गाउँपालिका -५ बाँगीमा फलिसकेको मकै बदेल बादरले खाइदिएको छ । अधिकांश किसानहरु अहिले चिन्तित बनेका हुन ।

बाँगी भण्डार सातकौले जुद्ववीर कुँवरको बारीमा बदेलले आतंक मच्चाएको हो । ३, ४ मुरी मकै बदेलले नोक्सान गरेको कुँवरले बताउछन् ।

बाँगीको तिजुकाचौर र तल्लो तिमिलेमा बाँदरले भर्खर फल्न थालेका मकैमा दुई तिनदिन पहिले क्षति पुराएको थियो ।मकै बदेल बादरले खाइदिए पछि अधिकांश किसानहरु अहिले चिन्तित बनेका हुन ।

किसानहरु मकै खेतीलाई निरंन्तर खेती गर्दै आएको भएपनि बदेल बादरको कारण मकैखेती नष्ट भएको छ ।

जसको कारण बाँगीमा दिन प्रति किसान पिड्ति हुँदै आएका छन् । त्यसैले सम्बन्धित निकायले समय समयमा अनुगमन तथा कृषिसँग सम्बन्धित विभिन्न सल्लाह सुझाव आवश्यक रहेको देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार