पार्टीको सिङ्गो शक्ति चुनाव तयारीमा लाग्नुपर्छ : एमाले अध्यक्ष भुसाल

Advertisement

शोभाखर पन्थी ,अर्घाखाँची ।

नेकपा एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसालले चुनावको तयारीमा लाग्न कार्यकर्तालाई अग्रह गर्नुभएको छ ।

नेकपा एमाले पाणिनि-३ को विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रममा मन्तव्य राख्दै उहाँले आसन्न निर्वाचनलाई मध्यनजर गर्दै संगठन निर्माण र विस्तारमा जोड दिनुपर्ने बताउनुभयो ।
गत स्थानीय निर्वाचनमा नेकपा एमालेले चौतर्फी घेराबन्दीका बीच जिल्लामा अपेक्षाकृत परिणाम ल्याउन सफल भएको भन्दै उहाँले संघ र प्रदेशको चुनावमा विगतमा भएका कमजोरी र सफलता बाट पाठ सिकेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

नेकपा एमालेका नेता जिवनारायण कोईरालाले नेकपा एमालेलाई हराउने सामर्थ्य कुनै दलमा नभएको बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख समेत रहनु भएका उहाँले सुशासन ,विकास र समृद्धिको निम्ति नेकपा एमालेको बिकल्प नभएको बताउनुभयो ।


नेकपा एमाले वडा कमिटीका अध्यक्ष सुर्य के.सी.को अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटीका सदस्य कुटमदिन अलि,प्रेमनारायण गैरे,पालिका कमिटीका ईन्चार्ज तथा गाउँ पालिका अध्यक्ष टेकराज न्यौपाने ,पालिका कमिटीका अध्यक्ष तथा जिल्ला समन्वय समितिका सदस्य कमल घिमिरे ,जिल्ला कमिटीका सदस्य ओमप्रकाश भुसाल ,झविन सुनाम,सारदा बसेल,जिल्ला सल्लाहकार मुक्ति ज्ञवाली , मेघबहादुर दर्लामी,रामप्रसाद गैरे,किरण जि.सी.,बिक्रम सुनार,पालिका कमिटीका सदस्य तथा गाउँ पालिकाका उपाध्यक्ष नर्मदा पौडेल लगायतका वक्ताहरूले मन्तव्य राख्दै पार्टी निर्माणको कामलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बड्न अग्रह गर्नुभयो ।


by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *