काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) चितवन चुनावी इन्चार्जको जिम्मेवारी पाएकि रेखा थापाले राप्रपा चितवनमा युवाहरूको लहर बढेको बताएकी छन् । थापाले भरतपुर पार्टी कार्यालय उद्घाटन गर्दै उनले भनिन्”मैले आज ३ वटा पार्टी कार्यालय उद्घाटन गरेँ, सबैबाट सकारात्मक विचार पाएको छु , चितवनमा युवाहरुको आकर्षकले उत्साह थपिएको छ ।”
राष्ट्रिय प्रजातन्त्र पार्टीले सोमबारदेखि ७७ जिल्लामै कोणसभा गरेर चुनावी घरदैलो अभियान सुरु गरेको छ ।
उनका अनुसार वैशाख २ गते राप्रपाको चितवन सभामा अध्यक्ष राजेन्द्र लिङदेन, प्रवक्ता ज्ञानेन्द्र शाही, नेता विक्रम पाण्डेलगायतको सहभागिता रहने भएको छ ।
Leave a Reply