अर्घाखाँचीमा ब्राउन सुगर सहित ३ जना प्रकाउ

Advertisement

भिम विश्वकर्मा, अर्घाखाँची । अर्घाखाँची जिल्लामा लागू औषध ब्राउन सुगर सहित ३ जना प्रकाउ परेका छन् ।

Workplace

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार श्रावण ११ गते दाङ राप्ती गाउँपालिका वडा नं. १ बस्ने २८ वर्षका सन्तोष के.सी., २४ वर्षका खुम बहादुर के.सी. र २२ वर्षका रोशन श्रेष्ठले सितगंगा नगरपालिका वडा नं. ८ स्थित सातमारा सुपादेउराली मन्दिरमा लागू औषध सेवन गरेका छन भन्ने विशैष सूचनाको आधारमा लागू औषध सेवन गरी रहेको अवस्थामा फेला पारी उनिहरुको शरीर खानतलासी गर्दा ६० मिली ग्राम लागू औषध ब्राउन सुगर सहित पक्राउ गरीएको हो ।

उनिहरुसंग लागू औषध सेवन गर्दा प्रयोग गरिने व्लेटको टुक्रा २ थान, सानो प्लेट १ थान र लाईटर १ थान समेत बरमत गरेको प्रहरीले जनाएको छ । उक्त लागुऔषध बरामद गरी श्रावण १२ गते लागू औषध मुद्धामा जिल्ला अदालत अर्घाखाँचीबाट दिन ७ म्याद थप गरी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए ।


Posted

in

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *