किन सुवासचन्द्र नेम्वाङ अर्घाखाँची आउदै छ्न ?

शोभाखर पन्थी, अर्घाखाँची।

नेकपा एमाले अर्घाखाँचीले वृहत् कार्यकर्ता प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ । एमालेले साउन ३० गते सदरमुकाम सन्धिखर्कमा जिल्ला स्तरीय अगुवा कार्यकर्ताको निम्ति एकदिने प्रशिक्षणको तयारी गरेको छ ।

सुवासचन्द्र नेम्वाङसँग दुईपटक संसदको सभामुख बनेको अनुभव छ । उनी संविधानसभाको अध्यक्ष हुँदा संविधानसभाले पहिलोपटक नेपालको संविधान जारी गर्यो । शालिन स्वभावका नेता मध्य उनी समन्वयकारी भूमिका निभाउने क्षमता राख्छन् । कानुनी व्यवसायी हुँदै राजनीतिमा होमिएका सुवासचन्द्र नेम्वाङ अगुवा कार्यकर्ताको निम्ति एकदिने प्रशिक्षण दिनको लागि अर्घाखाँची आउने भएका हुन ।

प्रशिक्षण कार्यक्रममा जिल्लामा खटिएका पार्टी केन्द्रीय कमिटीका सदस्य ,केन्द्रीय सल्लाहकार परिषद् सदस्य ,प्रदेश कमिटीका सदस्य ,प्रदेश सल्लाहकार परिषद्का सदस्य ,केन्द्रीय विभागका सदस्य ,प्रदेश विभागका सदस्य ,जिल्ला कमिटी,प्रदेश सम्पर्क कमिटी ,अर्घाखाँची -काठमाडौ सम्पर्क मञ्च ,जिल्ला लेखापरीक्षण कमिटी ,जिल्ला सल्लाहकार परिषद ,जिल्ला जेष्ठ कम्युनिस्ट मञ्च,प्रदेश निर्वाचन क्षेत्रीय समन्वय कमिटी ,पालिका कमिटी ,विशेष ईलाका कमिटी,पार्टी वडा कमिटीका पदाधिकारी ,सबै जनसंगठनका केन्द्रीय कमिटी र प्रदेश कमिटीका सदस्य , जिल्ला कमिटीका पदाधिकारी र पालिका कमिटीका अध्यक्ष ,पार्टी वाट निर्वाचित जिल्ला समन्वय समिति ,नगर तथा गाउँ पालिकाका मेयर ,उपमेयर,अध्यक्ष ,उपाध्यक्ष , वडाअध्यक्ष र कार्यपालिका सदस्य लगायतको सहभागीता रहने एमाले जिल्ला कमिटीका अध्यक्ष पीताम्बर भुसालले बताउनुभयो ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष तथा संविधान सभाका पुर्व सभामुख सुवासचन्द्र नेम्वाङ,पार्टी केन्द्रीय कमिटीका सचिव तथा पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी ,पार्टी पोलिट व्युरो सदस्य खिमलाल भट्टराई ,केन्द्रीय कमिटी सदस्य चन्द्रबहादुर खड्का उज्ज्वल ,बोमवहादुर बि.क.,चेतनारायण आचार्य लगायतका नेताहरूको उपस्थित रहने जनाईएको छ ।
जिल्ला प्रशिक्षण पछि पालिका र प्रत्येक वडामा समेत प्रशिक्षण कार्यक्रम संचालन गरिने अध्यक्ष भुसालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार