दिपावलिको अवसरमा खाँचीकोट दरवार युवा क्लबको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता हुने

सागर मरासिनी, सन्धिखर्क ।

दिपावलिको अवसरमा खाँचीकोट दरवार युवा क्लबको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ ।
यहि कार्तिक ०१ गतेदेखी संचालन हुने भलिबल खेल मा प्रथम पुरस्कार नगद रु. ४०,०००/- ( चालीस हजार ), शिल , मेडल र प्रमाणपत्र , दोस्रो पुरस्कार नगद रु. ३०,०००/- ( तीस हजार ), शिल, मेडल र प्रमाणपत्र अनि तेस्रो पुरस्कार नगद रु. २०,०००/- ( बीस हजार ) , शिल, मेडल र प्रमाणपत्र रहेको आयोजक ले जानकारी दिएको छ ।

खेल सन्धिखर्क ०७ खाँचीकोट मैदान मा हुने र दर्ता शुल्क रु. २५००/- ( दुई हजार पाँच सय) राखेको समेत आयोजक ले जानकारि दिएको छ ।

अन्य जानकारिका लागि अध्यक्ष गणेश सुर्यवंशि ९८६७१६९३४८ , सचीव बाबुराम केसि ९८४७३१३३७६ र खेल संयोजक देव बहादुर थापा ९८५७०८६९२२ मा सम्पर्क गर्न सकिने तथा खेलाडी संख्या ९ जना हुनु पर्ने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार