बिकास र समृद्धिको निम्ति एमालेलाई जिताउनु पर्छ : नेता आचार्य

Advertisement

अर्घाखाँची ।
नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्यले अर्घाखाँचीमा बिकास र समृद्धिको निम्ति एमालेलाई जिताउनु पर्ने बताएका छन ।

नेकपा एमाले अर्घाखाँची द्वारा छत्रदेव-७ को मोडेल चौर,तारुभतेरा र ढिकुरामा आयोजित छुट्टाछुट्टै कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेको पक्षमा मतदान गर्न मतदाता आतुर रहेको बताउदै राष्ट्रिय स्वाधीनता ,बिकास र समृद्धिको लागि नेकपा एमाले बाट मात्रै संभव भएकोले एमालेको पक्षमा मतदान गर्न आग्रह गरेका हुन ।

नेकपा एमालेको तर्फबाट प्रदेश सभाका उम्मेदवार समेत रहेका पुर्व मन्त्री आचार्यले आफुले ५ बर्षमा जिल्लाको विकासको निम्ति धेरै काम गरेको अधुरा बिकासका कामहरु पूरा गर्न र जनताले पुनः बिजयी गराए अझै राम्रो काम गरेर देखाउने प्रतिबद्धता समेत प्रकट गरेका थिए ।

कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य ध्रुब पाण्डे ,जिल्ला सचिव तोजबहादुर रायमाझी ,उपसचिव शम्भु प्रसाद पोख्रेल ,प्रदेश सल्लाहकार परिषद् सदस्य नेत्र पाण्डे ,जिल्ला कमिटी सदस्य मनि पन्थी ,रामकुमार श्रेष्ठ
लगायतका वक्ताहरूले मन्तव्य राख्दै नेकपा एमाले बाट मात्रै बिकास र समृद्धि संभव भएको बताए ।

कार्यक्रममा टामलाल पाण्डे ,शोभाखर पाण्डे ,अर्जुन खनाल समेतले मन्तव्य राखेको नेकपा एमाले अर्घाखाँचीले जानकारी दिएको छ ।


by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *