गठबंधनका लागि चुनाव प्रचार गर्ने कुनै एजेण्डानै छैन : नेता रायमाझी

Advertisement

कमला परियार , अर्घाखाँची ।
राष्ट्रिय युवा सँघ नेपाल पाणिनी गाँउपालिका कमिटि अर्घाखाँचीको आयोजनामा आयोजित बृहत साँस्कृतिक कार्यक्रमका प्रमुख अथिति नेकपा एमाले केन्द्रिय कमिटि सचिव तथा एमाले प्रतिनिधि सभा अर्घाखाँचीका सदस्य उमेद्धवार टोप बहादुर रायमाझिले १४ वर्ष अगाडिको अर्घाखाँची र अहिले अर्घाखाँचीको तुलना गर्न अनुरोध गर्नुभएको छ ।


विपक्षिका लागि चुनाव प्रचार गर्ने कुनै एजेण्डा नभएको भन्दै जनतामाझ जाँदा समर्थन नपाएकाले अत्तालिएकोे बताउनुभएको छ । स्वास्थ्य,शिक्षा, सडक ,कृर्षि,,संचार तथा विकासका पुर्वाधारको क्षेत्रमा आमुल परिवर्तन भएको भन्दै अव गुणस्तर वृद्धि र सुधारमा विषेश ध्यान दिनुपर्ने बताउनु भएको हो । त्यसका लागि नेकपा एमालेको जित आवस्यक भएको भन्दै रायमाझिले अर्भाखाँची नेपालकै धेरै बजेट कार्यान्यवन हुने जिल्लामा पर्नु उपलब्धि भएको बताउनुभएको हो ।

यस्तै नेकपा एमाले प्रदेश सभा ख का उमेद्धवार राम्जि प्रसाद घिमिरेले पालिकाको पुजिगत बजेट भन्दा धेरै प्रदेश सरकारबाट धेरै बजेट भित्राईएको तथ्य जनता माझ रहेको भन्दै यहि क्षेत्रबाट प्रतिनिधित्व गरेका अन्य सांसदहरुले निर्वाचन पछि गाउँ नै भुलेको तर विकासका लागि काम गर्न नसकेको बताउनु भएको छ ।

आफु जनताको हरेक दुदख सुखमा सगैँ रहेको र रहिरहने भन्दै आफु र एमालेको सरकारले अगाडि सारेका योजना पुरा गर्न एमालेका प्रतिनिधिको जित अनिवार्य रहेको बताउनुभएको हो ।
स्वास्थ्य, शिक्षा तथा खानेपानिका बजेट काटेर गठवन्धन सरकार जनतामाझ गिरेको समेत उल्लेख गर्नुभएको थियो ।


by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *