उत्पादन क्षेत्रमा युवाहरूको योगदान महत्त्वपूर्ण : जमुना सनम

Advertisement

अर्घाखाँची ।
नेकपा एकिकृत समाजवादी निकट कलाकार जमुना सनमले उत्पादन क्षेत्रमा युवाहरूको योगदान महत्त्वपूर्ण रहएको बताएकी छ्न ।

कलम चिन्ह लिएर समानुपातिक तर्फ उम्मेदवार बनेकि जमुना सनम चर्चित गायिका पनि हुन् । लोकप्रिय रहेकि जमुना युवा संघ नेपालमा आबद्ध रहेकि छ्न ।

लोक तथा दोहोरी क्षेत्रमा लोकप्रिय गायिका जमुना सनम १६ बर्ष देखि कम्युनिष्ट पार्टीमा आबद्ध रहेर कलाकारिता गर्दै आएको बताउछिन् । चुनाव प्रचारप्रसारको क्रममा मालारानी पुगेर जमुनाले भनिन्” युवायुवतीहरू लाई उत्पादन क्षेत्रमा लगाएर आत्मनिर्भर अर्थतन्त्रको विकास गर्छौ । विदेशमा रहेका युवालाई स्वदेशमै रोजगारी प्रदान गर्ने हाम्रो प्रतिबद्धता छ । ”

उनले भनिन् वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्सलाई उत्पादन क्षेत्रमा लगाउने, विदेशमा सिकेको ज्ञानसिप र लगानीलाई सदुपयोग गर्ने हाम्रो लक्ष्य हो ।


by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *