नवलपरासी-२ “ख” मा लोकप्रिय उम्मेदवार बन्दै नगेन्द्र अग्रहरी

Advertisement

नवलपरासी ।
नवलपरासी जिल्लामा पनि आउदो मसिंर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको सरगर्मी बढेको छ । सोही क्रममा नवलपरासी निर्वाचन क्षेत्र नं. २ “ख” बाट प्रदेश सभा सदस्य पदका युवा उम्मेदवार नगेन्द्र अग्रहरी लोकप्रिय उम्मेदवार बन्दै गएको छन्।

लोसपा र राप्रपा पार्टीको गठबंधन तर्फबाट उम्मेदवार रहेका अग्रहरीले आफनो चुनाव चिन्ह साईकल छापमा मतदान गर्न आग्रह गर्दै आईतवार चुनावी अभियानलाई निरन्तरता दिएका छन् ।

हिजो रामग्राम नगरपालिका वार्ड नं १४ र १८ मा चुनाबी अभियानका क्रममा मतदाताहरुले अध्याधिक रुचाएको पाएको छ ।

नगेन्द्र अग्रहरी एक सफल उद्यमी भएकोले आफ्नो उद्योगी व्यवसायी जीवन सरह यस क्षेत्रको विकासमा पनि अमूल्य योगदान गर्ने मतदाताहरुले विश्वाश व्यक्त गरेका छन् ।
२०७४ सालमा उम्मेदवार समेत रहेका अग्रहरी केही मतले पारित भए पनि हाल जोस जाँगरले चुनावी प्रचाप्रसारमा लागेका छन्।

नेता नगेन्द्र अग्रहरीले यस क्षेत्रका शिक्षा,स्वास्थ्य,खानेपानी ,यातायात ,रोजगार कृषी आदि विभिन्न क्षेत्रमा परिवर्तन ल्याउने स्थानीयहरुले विश्वास व्यक्त गरेका छन्।


by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *