प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीको अध्यक्षमा सञ्जय थापा

Advertisement

काठमाडौं ।
नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीको अध्यक्षमा सञ्जय थापा सर्वसम्मत चयन भएका छन । प्रथम अधिवेशनले अमेरिकाका थापाको नेतृत्वमा ३१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्दै पनि सम्पन्न भएको छ । अधिवेशनले उपाध्यक्षमा रमेश पाण्डे (अष्ट्रेलिया) सचिवमा हेम शेर्पा (स्पेन) एवं उपसचिवमा चानक पोखरेल (कतार) र कर्ण शाही (बेलायत) रहेका छन ।

सदस्यहरूमा गोविन्द पौडेल, राजेन्द्र पुडासैनी, विमला भण्डारी,शिव वरुवाल, कल्पना त्रिपाटी,सुरेन्द्र थपलिया,सरस्वती केसी,हेमराज जोसी,जानकी कार्की,तिर्थ गौतम,ज्योती शर्मा,महेश गिरी,कमल मणी,वलराम गिरी,डा.विनोद श्रेष्ठ,शिशिर नेपाल,विजय फुयाल,सन्जु केसी,सिता केसी,सुरेश केसी,डा.सरोज कणेल,भक्त गुरुङ,डुण्डीराज पाण्डे,कुन्ति थापा,राजेन्द्र सिवाकोटी, पुरुषोतम वोहरा चयन भएका हुन ।


by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *