बाँगीमा नेकपा एमाले प्रवेश गर्नेहरूको लहर

Advertisement

हरि कुँवर, अर्घाखाँची ।

निर्वाचन नजिकै गर्दा बाँगी लगाएत जिल्लामा नेकपा एमाले प्रवेश गर्नेहरूको लहर चलेको छ ।

मालारानी गाउँपालिका-५ बाँगी कुटुनिका चौर चुनावी सभा कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि १२ जना नेकपा एमालेमा प्रवेश गरेका छ्न । लाल मणि भुसाल , गुणाखर भुसाल, कमला थापा ,तुल्सी भुसाल, भुपलाल भुसाल , खिमा भुसाल , केशव खड्का ,रेशम विक ,प्रकाश विक , चन्द्र पाण्डे, घनश्याम भुसाल र तुल बहादुर पाण्डे नेकपा एमाले प्रवेश गरेका हुन। अझै बीस जना जति प्रवेश गर्ने तयारी रहेको नेकपा एमाले बाँगीले जनाएको छ ।

चुनावी सभा लाई सम्बोधन गर्दै नेकपा एमाले सचिव तथा पुर्व मन्त्री टोपबहादुर रायमाझीले अर्घाखाँचीको समृद्ध विकासमा १५ वर्षमा १२ अर्ब भन्दा धेरैको विकास आयोजना गरेको दाबी गरेका छ्न । सडक पुल झालुग्गे पुल विधुत शिक्षा स्वास्थ्य क्षेत्रमा धेरै परिवर्तन आएको बताए । उनले प्रश्न गर्दै भने जिल्लाभर विकास र प्रगति देख्दै नदेख्ने गरि कु प्रचारप्रसार कसले गर्छ? कसैले पट्टी पो लगायो कि ?

लामो समय आफू कम्युनिस्ट एकताको पक्ष रहेको बताउदै एमाले र काङ्ग्रेस(गठबन्धन) दुई पार्टी बीच चुनाव प्रतिस्पर्धा हुने पहिलेनै भविष्यवाणी गरेको नेता रायमाझीले बताए ।

नेकपा एमाले सचिव रायमाझीले भने “गठबन्धन होइन ठगठबन्धन हो देश ध्रुवीकरणमा जान्छ । यहाँ एउटा पार्टीलाई मिलाउन त कति समस्या छ । गठबन्धन पछि फुट्छ । पार्टी भित्रका समुह पनि विभाजन हुन्छन । गाउँमा तपाई हामीले बुझ्नुपर्छ बुझाउनुपर्छ । ”

चुनावी सभामा नेकपा एमाले जिल्ला इन्चार्ज चन्द्रबहादुर खड्का केन्द्रीय सल्लाहकार परिषद सदस्य नरेन्द्रकुमार क्षेत्री ,नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष पिताम्वर भुसाल,एमाले प्रदेश सदस्यहरू केवि भुसाल,रामबहादुर रायमाझी,प्रमिला क्षेत्री, चन्द्रमणि भुसाल लगाएतकाे आतिथ्यता रहेकाे थियाे ।


Posted

in

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *