शितगंगामा मोटरसाइकल दुर्घटना

Advertisement

बिष्णु कुमार आले, अर्घाखाँचीको ।

शितगंगा २ सिख्रमा बिहिवार मोटरसाईकल दुर्घटना भएको छ । लु १ ब ९३४ नम्बरको कृषि ज्ञानकेन्द्र सन्धिखर्कको मोटरसाईकल साझ करिब ४ बजे सडकबाट करिव ३५० मिटर तल भिरमा खसी दुर्घटना भएको छ । तर दुर्घटनामा कुनै मानवीय क्षेति भएको छैन ।

दुर्घटनामा परि मोटरसाइकल चालक ३१ बर्षिय झबिन्द्र आचार्य सामान्य घाईते भएका छन् । मोटरसाईकल सडक छेउमा पुगेपछि मोटरसाइकललाई छोडिदिएर सडक छेउमै हाम फालेर बाच्न सफल भएका हुन् । घटना भएको जानकारी पाउने बित्तिकै ईलाका प्रहरी कार्यालय ठाडाबाट प्रहरीको टोली तत्काल घटनास्थल पुगेको थियो ।


Posted

in

,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *