उम्मेदवार बिजुला रायमाझी भन्छिन् : ” पुष्पा भुसाल जी चुनावको बेलामा जिल्ला आएर बाबुको नाम बेचेर राजनीति गर्ने लाजमर्दो भएन र?”

Advertisement

अर्घाखाँची ।
नेकपा एमालेको तर्फबाट समानुपातिक तर्फ प्रतिनिधी सभाका उम्मेदवार बिजुला रायमाझीले बाबुको नाममा भोट मागेर जनता लाई गुमराहमा राख्न खोजेको आरोप लगाएकी छ्न ।

शितगंगा नगरपालिकाको बिभिन्न स्थानमा भएका चुनावी सभामा सम्बोधन गर्दै रायमाझीले आफ्ना बाबुको नाम बेचेर सांसद पुष्पा भुसालले राजनीति गर्न खोजेको बताइन् । भुसाल १० बर्ष हुँदा समेत अर्घाखाँचीमा विकासका योजना नल्याएको रायमाझीले बताउछिन् ।

रायमाझीले प्रश्न गर्दै भनिन् ” पुष्पा भुसाल जी चुनावको बेलामा जिल्ला आएर बाबुको नाम बेचेर राजनीति गर्ने लाजमर्दो भएन र?”

अब नेपालमा देश जिल्ला बनाउन सक्ने पार्टी एमाले मात्र हो एमाले सरकारमा हुँदा गरेका कामहरुले प्रमाणित गरीसक्यो उम्मेदवार बिजुला रायमाझीले बताइन् ।


by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *