टिकट बाट सामाज सेवा

माधव बेल्वासे,अर्घाखाँची ।
सामाजिक संजालको दुरुपयोग भएको भन्दै पछिल्लो समय युवायुवतीलाई पुराना पुस्ताले विभिन्न टिकाटिप्पणी गरिरहदा यसको सदुपयोग गर्न जाने सामाजिक रुपमा प्रतिस्ठा मात्र बड्दैन कसैको जीवन बच्छ त कसैको निभेको चुलो पनि बल्ने गर्दछ ।
यस्तै एउटा उदाहरण बनेको छ “स्टार नेपाल टिकटक ग्रुप ”
देशका विभिन्न स्थानबाट बिदेसमा पुगेका तथा स्वदेशमै रहि विभिन्न पेशा ब्यासायमा रहेका टिकटक प्रेमी युवाहरूको साझा सस्थाको माध्यमबाट अभियन्ता हरि पाण्डेले चितवनको खैरेनी नगरपालिका -२ लदहरि निवासी रमेश धितालको उपचारका लागि संकलन गरेको रकम उहाँको परिवारलाई घरमै पुगेर वितरण गरिएको हो ।

धितालको गत साउन ५ गते मोटरसाइकल दुर्घटनामा परि कोमामा उपचाररत रहेकोमा यहि कार्तिक ११ गते निधन भएको थियो । उहाँको निधन भए पनि संकलित ३५ हजार रकम परिवारलाइ प्रदान गरिएको हो ।
अर्घाखाँचीका हरि पाण्डेले शुरु गरेको यश अभियानमा इजरायलबाट कोपिला भट्टराई, दुवैबाट चादनी गिरि,साइप्रसबाट अम्बिका शेर्पा,काठमाडौ बाट् मिना कडरिया, दुवै बाट बिरही प्रेम, पोखराबाट सरिता के.सि. , अर्घाखाँचीबाट सरस्वती पाण्डे , बुटवलका उमा उपाध्याय , बिन्दु रावत कैलालीबाट, फ्रान्सबाट VDC कोहिनुर र सरिता भुजेल USA लगायतका सहयोगिहरु जोडिनुभएको थियो ।

सस्थागत सहजीकरण गरेको एटम मिडिया प्रालिद्धारा संचालित पाणिनी न्युज डटकमका प्रधान सम्पादक माधव बेल्वासे र सह सम्पादक प्रकाश प्युठानी सहितको टोलि पिडितको घरमै पुगेर राहत रकम पिडित परिवारलाई स्थानियहरुको उपस्तिथिमा प्रदान गरेको थियो । रकम बुझ्दै धितालकि श्रीमती पार्वता धमला धितालले उक्त सहयोग आफ्ना लागि महत्वको हुने भन्दै अभियान्ताहरुलाइ धन्यवाद दिनुभएको थियो ।

स्थानिय तुल्सी भट्ट , सिर्जना पाण्डे लगायतले पीडितको घाउमा मलम लगाउने सबैलाई धन्यवाद दिनुभएको थियोे ।
मृतक धितालको उपचारमा २० लाख खर्च भएको परिवारले बताएको छ । उनका २१ महिनाकि एक छोरी, श्रीमति र बुवा आमा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार