अर्घाखाँचीमा माओवादी केन्द्र “शुन्य” हुदै

अर्जुन भुसाल , अर्घाखाँची ।

नेकपा माओवादी केन्द्र पाणिनि गाउँपालिका इन्चार्ज तथा लुम्बिनी प्रदेश कमिटी सदस्य भाेजराज घिमिरे (शंकर) एमाले प्रवेश गर्नुभएकाे छ ।

उहाँलाई पार्टी केन्द्रीय सचिव तथा अर्घाखाँचीका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार टाेपबहादुर रायमाझीले पार्टी प्रवेश गराउनुभयाे । उहाँसँगै वडा कमिटी इन्चार्ज लिलामणि घिमिरे,वडा कमिटी सदस्य टिकाराम घिमिरे, हरिकला घिमिरे, माधव घिमिरे, उमेश घिमिरे,सावित्रा घिमिरे, दीपा घिमिरे,कमल घिमिरे,ठाकुर प्रसाद घिमिरे,ऋषिराम घिमिरे,अनिता घिमिरे लगायत एमाले प्रवेश गर्नुभएकाे हाे ।

पार्टी प्रवेश कार्यक्रममा बाेल्दै रायमाझीले चुनावी अभियानका क्रममा मात्रै जिल्ला भर सयाैं व्यक्तिलाई एमाले प्रवेश गराएकाे भन्दै पार्टी प्रति जनलहर चलेकाे बताउनुभयाे । उहाँले देशमा विकास, समृद्धि, शान्ति, सुशासन र न्यायकाे पक्षमा काम गर्ने पार्टी एमाले मात्रै भएकाे बताउनुयाे । रायमाझीले जिल्लाभर अझै थुप्रै मानिसहरू पार्टी प्रवेश गर्न लागेकाे जानकारी दिँदै नब प्रवेशीहरूलाई उचित जिम्मेवारी दिने समेत बताउनुभयाे ।

पालिका इन्चार्ज घिमिरेले एमाले बाहेक अरू कुनै दलले देश र जनताकाे हितमा काम गर्ने स्थिति नदेखेपछि एमाले राेजेकाे बताउनुभयाे । उहाँले कम्युनिस्ट आन्दाेलनलाई संस्थागत र विकास गर्ने पार्टी पनि एमाले नै रहेकाे जिकिर गर्नुभयाे । घिमिरेले चुनाव अघि नै पाणिनिमा आफूले थुप्रै व्यक्तिलाई एमालेमा प्रवेश गराउने दावी गर्नुभयाे ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार