अर्घाखाँचीमा एमालेको “लाल किल्ला”

हरि कुँवर, अर्घाखाँची ।

अर्घाखाँचीमा एमालेको “लाल किल्ला” भएको छ ।
प्रतिनिधि सभा एमालेका उम्मेदवार टाेपबहादुर रायमाझी १७३० मतले विजयी भएका छ्न ।

नेकपा एमाले सचिव तथा पुर्व मन्त्री रायमाझीले ४२ हजार ६ सय ७५ मत प्राप्त गरेका छन् भने उनको प्रतिस्पर्धी गठबंधनको तर्फबाट नेपाली काङ्ग्रेसकी पुष्पा भुसाल गौतमले ४० हजार ९ सय ४५ मत प्राप्त गरेकी हुन ।

प्रतिनिधि सभामा मालारानीले २२५९ लिड गरेकाे एमाले भुमिकास्थानकाे १११, पाणिनी ३७४, छत्रदेव ५७५ काे ऋण तिरेर ११९९ मत वचतमा सन्धिखर्क र शितगंगाले थप गर्दा १७३० मतले एमालेले विजयी हासिल गरेको थियो।

प्रदेश सभा-१ मा मालारानीले २५२९ मतले एमाले लिड गरेकाेमा भुमिकास्थानकाे २०३३, सन्धिखर्ककाे २६४ काे ऋण तिरेर २३२ वचत गरेकाे थियाे । उक्त बचतमा छत्रदेवले ५०८ भाेट गर्दा एमालेले प्रदेश सभा- १ मा ७४० मतले विजय हासिल गरेको थियो ।
प्रदेश सभा-२ मा एमालेका उम्मेदवार रामजी प्रसाद घिमिरेले ८सय १ मतले विजयी भएका छ्न । उनले २२ हजार ७ सय ७६ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस उम्मेदवार कमल प्रसाद भुसालले २१ हजार ९ सय ७५ मत ल्याएका हुन । जिल्लामा ८९ हजार ५३१ मत खसेको थियो ।

शुभचिन्तक एवं मतदाताहरु लाई विशेष धन्यवाद दिदै आगामी दिनमा संगठनलाई थप ब्यवस्थित गर्दै आगामी दिनमा थप मत बढाउन प्रतिबद्व रहेको नेकपा एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार