खिया लागेका नट बोल्ट मर्मत गर्नु पर्छ: डा. भट्टराई

Advertisement

गिताराम बिष्ट , अर्घाखाँची ।
नेकपा एमाले स्थायी कमिटी सदस्य तथा बिदेश बिभाग प्रमुख डा राजन भट्टराईले खिया लागेका नट बोल्टहरु समयमै मर्मत सम्भार गर्नु पर्ने बताउनु भएको छ।

नेकपा एमाले मालारानी ८वडा कमिटी द्वारा कमेरेपानी मा आयोजित मिसन ग्रासरुट (पाटी सुदृढीकरण तथा बिस्तार ) अभियानको अभिमुखिकरण कार्यक्रममा मन्तव्य राख्दै पाटिमा खिया लागेका नट बोल्ट हरु आफै फुस्किएर गएको र यस्ता नट बोल्टले बनाएको इन्जिनले जहाँ जतिबेला पनि दुख दिने गरेको भन्दै यस्ता खिया लागेका नट बोल्टहरु समयमै मर्मत सम्भार गर्नु पर्ने बताउदै नेकपा एमालेले ग्रासरुट प्रशिक्षण अभियान कार्यक्रम गाउँ देखि शहर सम्म आबस्यक रहेको बताउनु भएको छ ।
त्यसै गरि डा. भट्टराईले नेकपा माओवादीका अध्यक्ष पुस्प कमल दाहाल ( प्रचण्ड ) बामपंथी एकतामा अडिन नसकेको र पछि कतै बिचल्लीभै पाटीको नाम निसानै नरहने हो कि भन्ने डरले छेपारोले रङ फेरेझै फेरेको आरोप लगाउनु भएको छ।

त्यसैगरी नेकपा एमाले पोलिट ब्युरो सदस्य तथा नब निर्वाचित प्युठान जिल्लाका साम्सद सुर्य थापाले सर्ब प्रथम मालारानी वडा न ८ का वडा अध्यक्ष नरेन्द्र कुमार बस्नेतको शिघ्र स्वास्थ लाभको कामना गर्दै निर्वाचनको बेला छेमेकी जिल्ला अर्घाखाँची ले खेलेको भुमिका प्रती उच्च सम्मान गर्दै धन्यवाद समेत प्रकट गर्नु भएको थियो ।

नेकपा एमाले प्युठान जिल्ला इन्चार्ज थापाले नेकपा एमाले पाटी भित्र रहेका केहि अनैतिक तत्त्व हरुले गर्दा केही ठाउमा पराजय भोग्नु परेको उल्लेख गर्दै अब आगामी दिनमा यस्ता अनैतिक र अराजक तत्त्वहरुलाइ अन्त्य गर्न यो ग्रास रुट प्रशिक्षण कार्यक्रम जरै देखि थालिएको बताउदै कार्यकर्ताहरुलाइ आजै देखि नेकपा एमालेको बिरासत लाई कायम राख्न लागि पर्ने बताउनु भएको छ।
नेकपा एमाले जिल्ला कमिटी सचीव तोज बहादुर रायमाझीले तोकिएको जिम्मेवारी सफलता पुर्वक सम्पन्न गर्न आग्रह गर्दै पाटीको नीति नियममा रहि सहि ढंगले काम गर्न समेत आग्रह गर्नु भएको थियो।

नेकपा एमाले मालारानी ८ द्वारा आयोजित प्रक्षिक्षण कार्यक्रममा नेकपा एमाले अर्घाखाँची जिल्ला परिषद सल्लाहकार सदस्य नीर बहादुर थापा मालारानी गाउँ पालिका सचीव नारायण अर्याल उपसचिव बिष्णु पौडेल प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेस सदस्य गिताराम बिष्ट खेलकुद महासंघ उपाध्यक्ष लाल बहादुर घ. म बुद्धिजीवी परिसद जिल्ला सदस्य कृष्ण प्रसाद पन्थी लगायतका नेताहरूको उपस्थितिमा रहेको कार्यक्रम नेकपा एमाले वडा न ८ का वडा अध्यक्ष खिम बहादुर घ.म को अध्यक्षता उपसचिव राम बहादुर हौजालीको सर्कुलर बाचन नेकपा एमाले ८ न वडा उपाध्यक्ष पद्मा पन्थीको स्वागत मन्तव्य उपसचिव राम प्रसाद भुसालको सन्चालनमा सम्पन्न भएको थियोे ।


by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *