मृतकको घरमै पुगि बीमाको रकम हस्तान्तरण

Advertisement

गिताराम बिष्ट, अर्घाखाँची ।
मृतकको घरमा पुगि बीमा बापतको रकम हस्तान्तरण गरिएको छ ।आम जनमानसमा रहेको बीमा दाबी प्रक्रिया झन्झटिलो र ढिला सुस्त्ति हुने भ्रमलाई गलत साबित गर्दै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अर्घाखाँची साखा कार्यालयले स्वर्गीय बिमित गिरिराज पौडेलको घरमै पुगि मृत्युु बापत हुन आउने एकमुष्ट रकम भुक्तानी गरेको हो।

मालारानी गाउँ पालिका वडा न ९ कालुकादिप निवासी स्वर्गीय ३१ बर्षिय गिरिराज पौडेलको वैदेशिक रोजगारीको शिलशिलामा कतारमा मृत्यु भएको थियो । सिटिजन इन्स्योरेन्स कम्पनीमा बिमा गरेको करिब ४/ ५” महिनाको अबधिमा पौडेल को मृत्यु भएको थियो। मृतक पौडेलको घरमै पुगि मृत्यु बापत हुन आउने बीमाङ्क रकम रु ५ लाख बराबर रकमको चेक सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अर्घाखाँची साखाका साखा प्रमुख नारायण जि.सि र मालारानी गाउँ पालिका वडा न ९ का वडा अध्यक्ष महेन्द्र बाबू खनालले मृतक पौडेल कि श्रीमती सरस्वती पौडेललाई चेक हस्तान्तरण गरेका छन ।
मृत्यु दाबी भुक्तानी कार्यक्रममा मालारानी ९”का वडा अध्यक्ष महेन्द्र बाबू खनालले बिमाले बचत मात्र नभइ पारिवारिक सुरक्षा पनि भएको हुदा परिवारको मुख्य आम्दानी गर्ने ब्याक्तिले जीवन बीमा गर्नु पर्ने आबस्यकता बताउदै यो कार्यक्रम आयोजना गरिदिने सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीलाई धन्यवाद समेत प्रकट गर्नु भएको थियो।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी अर्घाखाँची साखा प्रमुख नारायण जि.सिले मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार प्रती समबेदना प्रकट गर्दै यश दुखद घडिमा मृतकका परिवारलाइ सहज रुपमा दाबी भुक्तानी गरि बिमा प्रतिको जन बिश्वास बढाउदै उत्कृष्ट सेवा प्रदान गर्न कम्पनी सदै बीमितको साथमा रहने प्रतिबद्धता गर्दै बिमाका विभिन्न योजना बारेमा बताउनु भएको थियो। त्यसै गरि मृत्यु दाबीभुक्तानी कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी अर्घाखाँचीका एजेन्सी म्यानेजर लक्ष्मण नेपालिले कम्पनीले गरेका विभिन्न योजनाको बारेमा बताउदै सम्पुर्ण लाई बिमा क्षेत्रमा जोडिन आग्रह समेत गर्नु भएको थियो । त्यस्तै अर्घाखाँचीजिल्ला एजेन्सी म्यानेजर राजु खनालले दुखद दिन/मन पछाडिको यो पल आफुले गर्ने कर्म समय प्रान्त पछि अरु कसैको दुख पछि खुसी ल्याउन आफू लागि परेको बताएका छन ।

सिटिजनलाईफ इन्स्योरेन्स क.लि द्वारा आयोजित मृत्यु दाबि कार्यक्रमा सिटिजन लाइफ इस्योरेन्स क. लिमिटेड एजेन्सि म्यानेजर साथै एम डि आर टि बिजेता लक्षमण नेपालि, एजेन्सि म्यानेजर मुना स्रेष्ठ, एजेन्सि म्यानेजर सपना भुसाल साथै सोहि बडाका अग्रजहरु, योगेन्द्र खनाल, गिरिराज पौडेल, डिल्लिराम घिमिरे, टोपलाल घिमिरे, कृष्णप्रसाद पौडेल, गिताराम बिष्ट, देबिराम पौडेल, पुनाराम पौडेल, खिमानन्द खनाल, सिता पुजालि लगायत सर्बसाधारणको उपस्थितिमा भएको कार्यक्रम नारायण जि.सि को अध्यक्षता र राजु खनालको सन्चालनमा सम्पन्न भएको थियो।


Posted

in

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *