दाईजाे रहित सत्र मिनटमा विवाह सम्पन्न

Advertisement

हरि कुँवर, अर्घाखाँची ।

अर्घाखाँचीमा सत्र मिनटमा विवाह सम्पन्न भएको छ । पुर्ण ब्रह्म कविर उपाशक समाज ,नेपाल अर्घाखाँचीले बिहीवार एक कार्यक्रम बिच प्रगतिशील दाईजाे रहित विवाह सम्पन्न गरेकाे हो।

सन्धिखर्क नगरपालिका १ रतले स्थित पिता कृष्ण केसी र माता शुसिला के.सी.कि सुपुत्री बधु सुस्मा केसी र भारतको दिल्ली शादरा निवासी स्व. पिता राजेन्द्र प्रसाद र माता ऋषि देवी कि शुपुत्र आशिष दास संग विवाह सम्पन भएको थियो ।

उक्त विवाहमा कुनै खर्च नहुने मन र बिचार मिल्ने आध्यात्मिक बिचारले प्रेरित शन्त रामपाल जी महाराजका शिष्य वर वधु बिच हिन्दु धर्मका ३३ कोटि देवता साछी राखी १७ मिनटकाे मंगला चरण आरतीमा विवाह सम्पन्न भएको थियो ।

अर्घाखाँचीमा याे संस्था २०७७ मा विधिबत दर्ता भई आध्यात्मिक क्षेत्रमा सचेतना फैलाउने काम गर्दै आएको र संस्थाको सन्धिखर्कमा नामदान केन्द्र को समेत स्थापन गरिएको छ ।

विवाह कार्यक्रममा सन्धिखर्क -१ वडा अध्यक्ष युवराज बन्जाडे, वडा सदस्य लक्ष्मण पराजुलीले नव जोडी लाई बधाई तथा शुभकामना व्यक्त गर्दै संस्थाले गरेको असल काम को प्रसंशा गर्दै विकृति विसङ्गती को अन्त्य को निम्ति आफ्नो साथ सहयोग रहने बताए । निवर्तमान पत्रकार महासंघ जिल्ला अध्यक्ष हिम लेकालीले सुसंस्कार निर्माण गर्न को निम्ति विवाहले ल्याउने समस्या को अन्त्य लागि पुरातनवादी संस्कृतको अन्त्य गरि दाइजो रहित बिवाहा को थालनी गर्नु पने बताए । झबिन्द्र खड्का ( भगत )ले वेद र गीताले बताए अनुसारको भक्ती गर्दै मुक्ति ( मोक्छ) को मार्गमा लाग्न सम्पुर्ण लाई आग्रह गरेका थिए ।

समाजमा दाईजाे प्रथा उन्मुलन भईसक्दा पनि याे वा त्याे नाम मा दाईजाे दिने चलन समाजमा अझै हटेकाे देखिन्न । अहिले छाेरि चेली विवाह गरेर पठाउँदा टीका टाला गरेर लाखौंका झिटिझाम्टा र नगद दिने र तामझाम सहित खर्चिलाे भाेजभतेर गर्ने चलन दाईजाे प्रथा कै अर्काे रूप हाे । तराईमा अझै पनि दाईजाे कै कारण गरिव परिवारका छाेरिहरूकाे विवाह हुन नसकेकाे समाचारहरू सुन्नमा आईरहन्छन् । यसैले समाज रूपान्तरण गर्ने हाे भने सामन्तबादि,पूजिवादि चिन्तन चरित्रकाे अन्त्य गर्दै कविर उपासक समाजले जस्तै यस्ता समाज रूपान्तरणका कार्य सबैले गर्न सके सु संस्कृत समाज निर्माणकाे अभियानमा टेवा पुग्ने देखिन्छ ।

विवाह प्रथाको बारेमा इशा केसीले समेत प्रकाश पारेकी थिइन ।
कार्यक्रम शोभ ब. केसी ( दास)को संचालनमा सम्पन्न भएको थियो ।

 

 


Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *