स्टार सन्दिप विनै नेपाली टाेलि दक्षिण अफ्रिका जाने

Advertisement

आफू जान नपाए पनि दक्षिण अफ्रिका भ्रमणमा निस्कने नेपाली टाेलिलाई स्टार क्रिकेटर सन्दीप लामिछानेले नेपाली राष्ट्रिय टीमलाई शुभकामना दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत टाेलिकाे विदाइ समेत गरेका छन् ।

मगलवार पनि जिल्ला अदालतको सुनुवाइ स्थगित भएपछि सन्दीपले दक्षिण अफ्रिका नजाने निर्णय लिएका थिए। सन्दीपविनाको टीम आजै बेलुकी त्यसतर्फ उड्दैछ। दक्षिण अफ्रिकामा नेपालले चारवटा अभ्यास म्याच खेल्नेछ। त्यसपछि जिम्बावेमा हुने विश्वकपको छनोट प्रतियोगितामा सहभागी हुनेछ।

आफ्नो फेसबुक स्टाटसमा सन्दीपले लेखेका छन्, ‘मलाई तपाईंहरु र तपाईंहरुको क्षमतामा विश्वास छ। तपाईंहरु सबैले नेपालको क्रिकेटलाई यो स्तरमा ल्याएर विश्वलाई आफ्नो सम्भावना देखाइसक्नुभएको छ। अब समय आएको छ कि तपाईंहरुले फेरि आफ्नो क्षमतामा विश्वास गर्ने। जहाँ गए पनि आफ्नो उत्कृष्ट दिनुहोला। टीमलाई अगाडिका लागि शुभकामना र शुभयात्रा ।

उनले आफू नभएको राष्ट्रिय टीमको तस्वीर सामाजिक सञ्जालमा राख्दै शुभकामना दिएका हुन् ।


Posted

in

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *