प्रधानमन्त्री भारत जाने दिन विधेयक प्रमाणिकरण गर्दा शंका भयो : योगेश भट्टराई

Advertisement

। नागरिकता सम्बन्धी विधेयक प्रमाणिकरण गरेर राष्ट्रपति रामचन्द्र पौडेलले संसदको अधिकार खोस्ने काम गरेको नेकपा एमालेका सचिव योगेश भट्टराईले बताएका छन् ।

अघिल्लो कार्यकालको संसदमा उत्पत्ति भएका विधेयक त्यही कार्यकालसँगै निष्कृय हुने भएकाले राष्ट्रपतिले संविधानकै उल्लङघन गरेको भट्टराईले बताए । ‘संसदको अधिकारी हनन् भएको छ, असंवैधानिक कदम चाल्नुभएको छ’

नागरिकता जस्तो संवेदनशील विषयमा सहमतिको आधारमा अगाडि बढाइनुपर्ने भट्टराई बताउँछन्। ‘नागरिकता संवेदनशील विषय हो, त्यसैले राष्ट्रिय सहमति हुनुपर्थ्यो’ भट्टराई भन्छन् ।

तर राष्ट्रपति पौडेललाई राष्ट्रलाई दुई ध्रुबमा विभाजित गरेको आरोप भट्टराईले लगाए। ‘संविधानको धारा ६१ ६६ बमोजिम प्रमाणिकरण भनेर राष्ट्रपतिबाट संविधानको उल्लङ्घन समेत भएको छ’, सचिव भट्टराईले भने।


Posted

in

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *