अर्घाखाँची । जिल्लाको सदरमुकाममा संचालित पाणिनि बहुमुखी क्यामपसमा एक कार्यक्रमका बिच १२६ जना जेहेन्दार विद्यार्थी हरु लाई छात्रवृत्ति बितरण गरिएको छ ।
विभिन्न अक्षयकोष दाताको आर्थिक सहयोग तथा सन्धिखर्क नगरपालिकाको आर्थिक सहयोगमा उक्त रकम हस्तान्तरण गरिएको हाे । यसै गरि कक्षामा प्रथम हुने तीन जना विद्यार्थी हरु लाई रु.८ हजार तथा १० जना जेहेन्दार विद्यार्थी हरु मध्ये बाट ७ हजारका दरले बितरण गरिनुका साथै ,पबित्रा स्मृति अक्षयकोषबाट ४ जना जेहेन्दार विद्यार्थीहरु लाई रु.४५०० का दरले ,फर्शुराम छमकला अक्षयकोष बाट ४ जना जेहेन्दार विद्यार्थी हरु लाई रु.४६६५ का दरले तथा शिव बेलकुमार अक्षयकोष बाट ४ जेहेन्दार विद्यार्थीहरु लाई जनही ४७५० का दरले हस्तान्तरण गरिएको थियो ।
- सन्धिखर्क नगरपालिका नगरप्रमुख छात्रवृत्ति अन्तरगत बिनियोजित रु . ६ लाख मध्ये १ द्वन्द्व पीडित छात्रा लाई ६ हजार तथा १०० जना विद्यार्थीहरु लाई जनही ५ /५ हजारका दरले उक्त छात्रवृत्ति रकम हस्तान्तरण गरिएको थियो ।
क्याम्पस संचालक समितिका अध्यक्ष बिष्णु प्रसाद खनालको प्रमुख आतिथ्यता, नगरपालिकाका शिक्षा शाखा प्रमुख मन्जु आचार्य ,वडा न. ६ का वडा अध्यक्ष ऋषब अधिकारी ,पब्लिक क्याम्पस प्राध्यापक इकाईका अध्यक्ष दोर्ण प्रसाद भुसाल ,स्वबियु सभापति लक्ष्मण खड्का ,प्राध्यापक बाबुराम शर्मा अक्षयदाताका संरक्षक कृष्ण भुसाल ,गणेश पौडेल ,पत्रकार महासंघका अध्यक्ष अशोक खनाल , कोषध्यक्ष रुद्रमणि भुसाल लगायतको उपस्थित रहेको थियो ।
कार्यक्रम क्याम्पस प्रमुख बुद्धिराम भुसालको अध्यक्षता प्राध्यापक रामलाल भुसालको स्वागत मन्तव्य तथा साहयक क्याम्पस प्रमुख लक्ष्मण पोख्रेलको संचालनमा सम्पन्न भएको जनाईएकाे छ ।
Leave a Reply