नीति तथा कार्यक्रम सम्बन्धी बर्दघाट नगरपालिका पहिलाे पटक दलित समुदायसँग अन्तरक्रिया

Advertisement

गणेश खनाल
बर्दघाट । बर्दघाट नगरपालिकाले पहिलाे पटक आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रममा सुझाव प्राप्त गर्नका लागि दलित समुदायसँग अन्तर्क्रिया एवं छलफल कार्यक्रमको आयोजना गरेकाे छ । दलित समुदायसँग बजेट सम्बन्धित छलफल नगरमा पहिलाे पटक गरिएकाे जानाकारहरू ले बताएका छन् ।
कार्यक्रममा दलित समुदायका अगुवाहरु, कार्यपालिका र नगरसभामा दलित समुदायबाट प्रतिनिधित्व गर्ने सदस्यहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा नगरपालिका भित्र रहेको दलित एवं सीमान्तकृत समुदायका मुद्दाहरुको बारेमा सवालहरू उठाइएको थियो।
कार्यक्रममा बाेल्ने वक्ताहरुले नेपालको संविधानले व्यवस्था गरेका विषयहरु प्रभावकारीरुपमा कार्यान्वनयमा लैजानुपर्ने, स्थानीय तहले विज्ञापन गर्दा समावेशी सिद्धान्तलई प्राथमिकता दिनुपर्ने, वडा नं.४ मा सीमान्तकृत र दलित समुदायको बसोबास बढी भएको हुँदा योजना तर्जुमाका बेला बढी महत्व दिनुपर्ने, निजामती सेवामा दलित समुदायको प्रतिनिधित्व बढाउनुपर्ने, नगरपालिकामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुको क्षमता बढाउनुपर्ने, समाजका अगुवाहरुले दलित समुदायको घरमा खानपान गर्दैमा समाजिक संरचनामा परिवर्तन नहुने, समाज रुपान्तरणको लागि राजनैतिक हस्तक्षेप जरुरी हुने बताएका थिए ।
दलित समुदायमा अशिक्षा, कुपोषण, गरिवी लगायतका समस्याहरु रहेका र तिनको समाधानका लागि पहल गर्नुपर्ने विषयमा समेत जोड दिइएको थियो । नगरपालिकाले गत वर्ष दलित समुदाय संग सम्बन्धित कार्यक्रमहरुको समीक्षा गर्नुपर्ने, दलितका मुद्धाहरुको प्रभावकारी रुपमा सम्बोधन गर्नका लागि नगरपालिकामा फोकल व्यक्ति र गुनासो सुनुवाई इकाई राख्नुपर्ने विषयमा जोड दिइएको थियो।
सहभागीहरुले छुवामुक्त नगरपालिका घोषणा गर्नुपर्ने, दलित समुदायलाई आय आर्जन एवं उद्यमशीलता प्रवर्धन कार्यक्रम संचालन गर्नुपर्ने विषयलाई समेत जोडदार रुपमा उठाउनु भएको थियो ।
सो कार्यक्रममा पूर्व वडा अध्यक्ष मोतीलाल विश्वकर्माले, गणेश विश्वकर्मा, प्रेम विश्वकर्मा, पूर्णबहादुर विश्वकर्मा लगायतले आफ्ना धारणाहरु राख्नु भएको थियो। कार्यक्रम नगरप्रमुख शम्भुलाल श्रेष्ठको अध्यक्षता र योजना अधिकृत पुष्कर काफ्लेकाे संचालन सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले दलितको वर्तमान अवस्थाको बारेमा प्रकाश पार्नुभएको थियो।नगर प्रमुख, उपप्रमुख जिसस सदस्यले दलित समुदायको उत्थान एवं विकाशका लागि स्थानीय सरकार प्रतिवद्ध रहेको बताउनुभएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *