महासघ शुद्धीकरण : प्रेश चाैतारीले टाेक्याे ४ कमान्डर

Advertisement

गणेश खनाल

काठमाडौं । प्रेस चौतारी नेपालले पत्रकार महासंघको सदस्यता सुद्धिकरणमा मापदण्डभन्दा बाहिर नजाने चौतारीको बटम लाइन भएको जनाएको छ ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले मापदण्ड भन्दा बाहिर एकजना पनि पर्नु नहुने स्पष्ट पार्नुभएको छ । ‘यो प्रेस चौतारी नेपालको बटमलाइन हो’, बस्नेतले भन्नुभयो ।

नेपाल पत्रकार महासंघको सदस्यता सुद्धिकरण र नयाँ सदस्यता दिने काम नेपाल पत्रकार महासंघले जारी गरेको मापदण्ड अनुसार जस्ताको तस्तै कार्यान्वयन हुनुपर्छ भन्ने प्रेस चौतारी नेपालको निर्णय कार्यान्वयनका लागि चार उपाध्यक्षलाई जिम्मेवारी तोकिएको छ बस्नेतले जानकारी दिनुभयो । जसको लागि उपत्यका, प्रतिष्ठान र एशोसियट प्रदेशमा गणेश पाण्डेलाई जिम्मेवारी दिइएको छ ।

निर्णय कार्यान्वयनको लागि सहयोग, सहजीकरण र दबाब सिर्जनाको लागि कोसी, लुम्बिनी र गण्डकी प्रदेशमा सविन प्रियाशन चौधरीलाई जिम्मेवारी दिएको बस्नेतले जानकारी दिनुभयो । यसैगरी कर्णाली, सुदूरपश्चिम प्रदेश हेर्न राजेश राईलाई जिम्मेवारी दिइएको छ । मधेस प्रदेश र वाग्मती प्रदेशमा चौतारीले उपाध्यक्ष देवीका जिएम गुरुङलाई तोकिएको छ ।


by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *