भुमिकास्थानमा ट्याक्टर दुर्घटनामा परि एककाे मृत्यु

Advertisement

गणेश खनाल
अर्घाखाँची । ट्याक्टर दुर्घटना हुदाँ मगलवार एक जनाकाे मृत्युु भएकाे छ । २ जना घाइते भएका छन् । सन्धिखर्क नगरपालिकाबाट भुमिकास्थान नगरपालिकाकाे खिल्जि तर्फ जाँदै गरेकाे रा ४ त ४२९५ नम्वरकाे ट्याक्टर भुमिकास्थानकाे वाड नम्बर ७ टिमुरे गैरामा दुर्घटना हुदाँ चालक त्युठान जिल्ला ऐरावति गाउँपालिका १ काेलबाेट निवासी कमल साेमैकाे मृत्यु भएकाे हाे ।
ट्याक्टरकाे ब्रेक फेल भई दुर्घटना हुदाँ त्युठान जिल्ला ऐेरावति गाउँपालिका वाड नम्बर २ का माधव खत्रि र अर्घाखाँची जिल्ला शितगंगा नगरपालिका वाड नम्बर ७ दमारबेशि निवासी कृष्ण आर्चाय घाईते हुनुभएकाे प्रहरी निरिक्षक विक्रम रिजालले जानकारी दिए । घाइते मध्ये आर्चायकाे अवस्था गम्भीर रहेकाे प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए ।


by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *